फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ "/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

११ तोपको सलामीसहित आज गौतमको अन्त्येष्टि

२०७३, २९ फाल्गुन आईतवार ०२:३६

फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ ।

सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए ।

गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उनको मृत्यु भएको थियो । उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आइतबार बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् ।

पुनर्बासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । उनीहरूले अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग गरेको स्थानीय लक्ष्मण कुमालले बताए । कुमालका अनुसार गौतमको पोस्टमार्टम भइसकेको छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । सोही नदी–किनारमा सरकारी सम्मानका साथ उनको अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सामान्य बन्दै पुनर्बास : बिहीबार र शुक्रबार अशान्त रहेको पुनर्बास क्षेत्र शनिबार तुलनात्मक शान्त बनेको छ । नेपाली सुरक्षाकर्मीले घटनास्थलभन्दा तीन सय मिटर वरसम्म मात्र जान दिएको छ । शनिबार तीन सय मिटर वरै प्रदर्शन भएपछि झडपको सम्भावना टरेको हो । घटनाको विरोधमा शनिबार पनि महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो ।

गौतमका नाममा गेट बनाउन माग : पुनर्बासका स्थानीय राजनीतिक दलले गोविन्द गौतमको नाममा पुनर्बासनजिकको नेपाल–भारत सीमा क्षेत्र कारगिल डाँडामा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्बासका सर्वदलीय राजनीतिक दलको बैठकले गेट बनाउनुपर्ने माग अघि सारेका हुन् ।

नेकपा पुनर्बासका नेता वीरबहादुर थापाले स्थानीय राजनीतिक दलबीच गौतमको सम्झनामा गेट निर्माण, सालिक र उनको नामबाट गाउँको नाम राख्ने सहमति भएको बताए । थापाका अनुसार बैठकले सरकारले घोषणा गरेको राहत १० लाखलाई स्विकार्दै राहत बढाउन माग गर्ने निर्णय गरेको छ । गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएका छन् ।

‘मृतक गोविन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाइन्छ,’ उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा सञ्चालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराइएको हो ।’ पुनर्बासका राजनीतिक दलले सो क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । यसअघि पनि पटक–पटक सरकारसँग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आए पनि पूरा नभएको थापाले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला