सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण"/>
2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकियो

सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । नयाँ पुनर्संरचना अनुसार दाङमा स्थानीय तहको नामाकरण सँगै जिम्मेवारी तोकिएको छ । जिल्ला विकास समितिलाई रुपान्तरण गर्दै जिल्ला समन्वय समितिको नामाकरण गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जिल्ला समन्वय समिति लेखिएको बोर्डको अनावरण गरेका हुन् ।

राजनितिक दलहरु सहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा जिल्ला समन्वय समितिको बोर्ड राखिएको हो । यसैगरी घोराही नगरपालिकाको नाम हटाई घोराही उपमहानगरपालिका नामाकरण गरिएको छ । उता तुलसीपुरमा पनि तुलसीपुर उपमहानगरपालिका नामाकरण गरिएको छ । तत्कालका लागि जिल्ला समन्वय समितिको प्रमुखमा स्थानीय विकास अधिकारी कुलबहादुर जिसीलाई नै तोकिएको छ । यसैगरी उपमहानगरपालिका र लमही नगरपालिकामा अहिले रहेका कार्यकारी अधिकारीहरुलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी सातवटा गाउँपालिकाहरुमा बरिष्ठताको आधारमा नायव सुब्बाहरुलाई निमित्त कार्यकारी अधिकृतको जिम्मा दिएको स्थानिय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिएका छन् । जस अनुसार राजपुर गाउँपालिकामा मेघसिंह पछाई, गढवामा बुद्धिमान चौधरी, राप्तीमा मंगलप्रसाद चौधरी, बंगलाचुलीमा केशबराज थापा, दंगीशरणमा नरेन्द्रराज शर्मा, शान्तिनगरमा विष्णुबहादुर थापा र बबई गाउँपालिकामा चन्द्रकुमार डाँगीलाई निमित्त कार्यकारीको जिम्मा दिएर कार्यक्षेत्रमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो