2026-09-18 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार

फागुन ३०, काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानको आज बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका अध्यक्ष रोधेश्याम लेकालीले जानकारी दिनुभयो । दुवै पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ । वरिष्ठ साहित्यकार माया ठकुरी, अच्युतरमण अधिकारी र युवराज नयाँघरेसहितको तीन सदस्सीय समितिले सो पुरस्कारको निर्णय गरेको हो । 

यस अघि शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट निबन्धकार कृष्णचन्द्रसिंह प्रधान, प्रा डा दुर्गाप्रसाद भण्डारी, डा ताना शर्मा र श्यामप्रसाद शर्मा सम्मानित भइसक्नुभएको छ भने शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकार श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे र भीष्म उप्रेती सम्मानित हुनु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी चैत ५ गते अक्षर शिरोमणि मदनमणि दीक्षितको अभिनन्दन गर्ने निर्णय समेत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई