2026-07-24 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब चुनाव कसैले रोक्न सक्दैन, प्रमुख निर्वाचन आयुक्त यादव

फागुन ३०, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै सामाग्री, ऐन कानून प्राप्त भएकोले अव चुनाव कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौमा भएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेकोले चुनावको लागि वातावरण बनाउन सबै राजनीतिक दलहरुलाइ आग्रह समेत गरे ।

उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरुभित्रैपनि सहमति हुनुपर्नेमा जोड दिए । प्रमुख आयुक्त यादवले भने,‘दलहरुवीच देखिएका सबैखाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भुमिका निभाउनुपर्छ ।’

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने यादवको भनाई छ । उनले मधेशी मोर्चाले ०६४ सालमा पनि चुनावमा भाग नलिने निर्णय गरेको र पछि चुनावमा आएको उल्लेख गर्दै भने,‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’

उनले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पूनवरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन(छपाई)को काम भैरहेको समेत जानकारी दिए । उनले भने,‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक