2026-07-24 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

फागुन ३०, काठमाडौँ ।  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“सरकार निर्वाचनका लागि जुटिरहेको छ निर्वाचन निश्चित रुपमा हुन्छ, सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।” 

उहाँले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने स्पष्ट पार्नुभयो । 

उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो – “मधेसकेन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।” 

राप्रपाका अध्यक्षसमेत रहनुभएका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छोड्नु राम्रो काम होइन ।” डा लोहनीले पार्टी छाड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उहाँको भनाइ छ । 

निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको हो ः डा यादव 

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताउनुभएको छ । 

आज यहाँ आयोजना गरेको साक्षात्कारमा राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताउनुभएको हो । 

निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै डा यादवले भन्नुभयो, “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ ।” 

उहाँले भन्नुभयो, “मतदाता नामावलीलाई अन्तिम चरण पुगेको छ, मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन् त्यो आधारमा मतपत्र छाप्ने काम, कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएका छौँ ।” 

प्रमुख आयुक्त डा यादवले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई बोलाएर चैत पहिलो हप्तासम्म कर्मचारी खटाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलभित्र सहमतिको खाँचो रहेको बताउँदै निर्वाचनमा सबै दलको प्रतिनिधित्व होस् भन्ने आयोगले चाहेको बताउनुभयो । 

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले यसलाई सबैले उत्सवका रुपमा लिनुपर्ने यादवको भनाइ थियो । उहाँले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक