२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री भारत प्रस्थान

३० फाल्गुन २०७३, सोमबार १३:५१

फागुन ३०, काठमाडौँ। आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गर्नुभएको छ । 

इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ । 

भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताउनुभयो । 

नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सहमतिमा सरकार बनेको उल्लेख गर्दै उहाँले मोर्चालाई सरकारसँग नटाढिन आग्रह गर्नुभयो । गृहमन्त्री निधिले भन्नुभयो, “सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिने निर्णय फिर्ता लिन मोर्चालाई आग्रह गरेका छौँ ।” 

उहाँले वैशाख ३१ गतेको निर्वाचन अगाडि नै संविधान संशोधन गर्ने तयारीमा सरकार लागेको बताउँदै मोर्चालाई धैर्यता कायम राख्नसमेत आग्रह गर्नुभयो । उपप्रधानमन्त्री निधिले एमाले सहितको दुई तिहाइमा संविधान संशोधनमा सरकार लागिपरेको जानकारी पनि दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह