२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारी पुरस्कार डा शर्मा र पाण्डेलाई

३० फाल्गुन २०७३, सोमबार १५:२१

फागुन ३०, काठमाडौँ । वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको १०६ औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ तथा रुद्रराज पाण्डेलाई ‘भीमनिधि तिवारी नाट्य पुरस्कार’ प्रदान गरिएको छ । 

पुरस्कारको राशि रु २५–२५ हजार छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा समालोचक नेत्र एटम, साहित्यकार काजी रोशन र स्याङ्जा साहित्य प्रतिष्ठानलाई पनि सम्मान गरिएको छ । 

सो अवसरमा वरिष्ठ आख्यानकार मदनमणि दीक्षितले नेपाली साहित्यका सबै विधामा तिवारीको महत्वपूर्ण योगदान रहेकोे बताउनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले दिवङ्गत वरिष्ठ साहित्यकारको जन्मजयन्तीलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउँदै आएको जानकारी दिनुभयो । 

तिवारीकी सुपुत्री साहित्यकार बेञ्जु शर्माले तिवारीका ५० कृति प्रकाशन भइसकेको जानकारी दिँदै केही पाण्डुलिपिलाई आगामी दिनमा प्रकाशन गरिने जानकारी दिनुभयो । भीमनिधि तिवारी साहित्य समितिका अध्यक्ष डा गोविन्द भट्टराईले सामाजिक यथार्थवादी लेखक तिवारीका बारेमा थप खोज अनुसन्धानको खाँचो औँल्याउनुभयो । प्राज्ञ तुलसी भट्टराई र साहित्यकार दुर्गाप्रसाद अर्यालले पुरस्कृतका बारेमा जानकारी गराउनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ