2026-09-18 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उपभोक्ता आफै सचेत हुनुपर्ने’

फागुन ३०, काठमाडौँ । गुणस्तरीय समान, मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । 

विश्व उपभोक्ता दिवसका अवसरमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग र उपभोक्ताहित संरक्षण मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘उपभोक्ताहित संरक्षण कानुन परिमार्जनको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागीहरुले उपभोक्ता आफैँ आफ्नो अधिकारप्रति सचेत हुुनुपर्नेमा जोड दिएको हो । 

सो अवसरमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष शैलेन्द्रकुमार दाहालले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय सामान बजारमा राखिनुपर्ने र बजारमा वस्तुका बारेमा उपभोक्ता आफै पनि जागरुक हुनुपर्र्ने बताउनुभयो । 

मञ्चका उपाध्यक्ष केशव भण्डारीले उपभोक्ताको हकअधिकार र स्वास्थ्यलाई असर पर्नेगरी कुनै पनि वस्तु र सामग्रीको बेचबिखन गर्न नहुनेमा जोड दिनुभयो । 

नेपालको उपभोक्ता संरक्षण ऐन–२०५४ मा धेरै कुरा संशोधन तथा परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४४ मा उपभोक्ताको हकमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । 

त्यस्तै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी व्यवस्था छ तर सो सम्बन्धी कानुन बनाएर कार्यान्वयनमा आएको छैन । जसलेगर्दा आम उपभोक्त गुणस्तरहीन वस्तु र सेवा प्रयोग गर्न वाध्य भएको गुणासो सहभागीको छ । 

प्रतियोगितामा नेपाल ल क्याम्पस, चक्रवती कलेज, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ स्कूल अफ ल क्याम्पसबाट नौ जना विद्यार्थीले भाग लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई