चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड र छाला मात्र देखिन्छ । उनको घरमा पोषणयुक्त खानेकुरा त परै जाओस दैनिक छाक टार्नसमेत मुस्किल छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
ओममायाकी आमा जुठी मिजारले भनिन्, ‘घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ, बिहान खायो बेलुका के खाऊँ भन्ने अवस्था छ अनि कसरी बालबच्चालाई पोषणयुक्त खाना खुवाउने ? ’ ओममायाको अहिले उमेर अनुसारको न तौल छ न त उचाइ । कडा खाले कुपोषण देखा परेको भए पनि उनले कुनै उपचार पाउन सकेकी छैनन् । परिवारले उपचार गर्न खर्चसमेत जुटाउन नसकेपछि उनी मृत्युसँग संघर्ष गर्न विवश छिन् ।
त्यसो त जुठी मिजार आफै पनि बिरामी र गर्भवती छिन् । ५ सन्तानकी आमा जुठी भर्खर २६ वर्षको भए पनि फेरि अर्को सन्तान जन्माउने तरखरमा छिन् । दलित परिवारमा चेतनाको कमीका कारण परिवार नियोजनबारे ज्ञान नहुँदा बर्सेनि सन्तान जन्माउने गरेको र पौष्टिक खानेकुरा नपाउने भएकाले बालबालिकामा कडा कुपोषण देखा परेको स्थानीयले बताए ।
जुठीका अन्य बालबच्चामा कुपोषणको लक्षण देखिएको भए पनि कडा कुपोषण भने ओममायामा मात्र देखिएको छ । मिठु मिजारका श्रीमान्ले ज्याला–मजदुरी गरेर परिवारको एक छाक टारिरहेको भए पनि पोषणयुक्त खानेकुरा अभावमा परिवार नै बिरामी परेका हुन् । ‘अभाव र गरिबीमा जिउनुपरेको छ । एकछाक टार्नै धौधौ भएको छ । बच्चा कुपोषणको सिकार भएका छन् । श्रीमान्ले ज्याला–मजदुरी गर्ने भए पनि कमाएको पैसा धेरैजसो रक्सी खाएरै सक्छन्’, जुठीले आँसु झार्दै भनिन्, ‘परिवार नियोजनबारे जानकारी भए पनि केही गर्न सकिएन, हरेक वर्ष बच्चा जन्मिन्छन्, कसरी हुर्काउने ? ’
जिल्ला सदरमुकामदेखि १ घन्टाको दूरीमा रहेको तीनघरेमा रहेका अधिकांश दलित परिवार अति विपन्न अवस्थामा छन् । सरकारले दलित भएकै कारण उपेक्षा गरेको मिजार समुदायको आरोप छ । ओममाया मात्र होइन, धादिङ जिल्लाभर करिब सय हाराहारीमा यस्ता प्रकृतिका कुपोषित बालबालिका छन् । विशेष गरी चेपाङ, दलित र समाजबाट पछाडि पारिएका न्यून आय भएका पारिवारका बालबालिका कुपोषणको सिकार बनेका छन् ।
जसकारण जिल्लामा सरकारी र गैरसरकारी संस्थाले सञ्चालन गरेका पोषणसम्बन्धी कार्यक्रमसमेत प्रभावहीन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ हजार ६ सय ८२ जना बालबालिकामा गरिएको पोषणसम्बन्धी सर्वेक्षणअनुसार प्रशस्त मात्रामा कुपोषणको सिकार भएका बालबालिका रहेको पाइएको छ । कार्यालयका अनुसार कडा र मध्यम खाले गरी करिब सात सय हाराहारीमा बालबालिका कुपोषित छन् । यस्ता बालबालिकालाई न सरकारको षोषणसम्बन्धी कार्ययक्रमले छुन सकेको छ न त कुनै गैर सरकारी संस्थाले ।
जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्टमृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्ट