प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउ"/>

2026-09-18 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान असफल बनाउन षड्यन्त्र : झलनाथ खनाल

प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउन षड्यन्त्र भएको कुरा बताउनुभएको छ  ।

कार्यक्रमा प्रमुख अतिथिका रुपमा रहनुभएका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘यो संविधान जनताले बनएको संविधान हो जुन ०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धी भएकोले यसको निर्माण गरेर मात्रै त्यसका उपलब्धीहरुलाई संस्थागत गर्न सकिदैन त्यसका लागि सबैभन्दा पहिला कार्यान्वन गर्नु पर्दछ ।’ साथै वहाँले यो संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवाददेखि साम्यवादसम्म पुग्ने आधार हो भन्नुहुँदै चारओटा चरित्र भएको संविधानको रुपमा तुलना गर्नुभयो । संविधानको कार्यान्वयनले नै सबैको अधिकार सुनिश्चित हुन सक्ने, भाषाभाषी, संस्कृतिको संरक्षण गर्दै राष्ट्रियताको रक्षा गर्न सकिने भएकोले यो संविधानको रक्षा गर्नु पर्छ भन्ने विचार राख्नुभयो । संविधानको निर्माणमा एमालेको नेतृत्वदायी भूमिका रहेकोले यसमा एमालेको छाप बसेको समेत दावी गर्नुभयो । समयसापेक्ष केही धाराहरु सच्याएर जानु परेपनि वर्तमान संसद रुपान्तरित संसद भएकोले यसलाई संशोधनको अधिकार पनि छैन भन्नुहुँदै नेपाली काङ्ग्रेस र माओवादी मोर्चा गलत बाटो हिँडिरहकोले अब निर्वाचन भएपछि बन्ने संसदले मात्रै संशोधनको हक राख्ने कुरा औंल्याउनुभयो ।

 

कार्यक्रमा सम्बोधन गर्नुहुँदै पार्टीका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार लाचार सरकार हो, यो सरकार कसैबाट परिचालित छ त्यसैले संशोधन कुनै पनि हालतमा नेपाली जनताको हितमा नभएको कुरा बताउनुभयो ।

यसैगरी पार्टीका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्यको प्रमुख पदमा राख्न खोज्ने र हिन्दी भाषालाई राष्ट्र भाषाका रुपमा स्थापित गर्नका लागि गरिने संशोधन कुनै पनि हालतमा स्वीकार्य नभएको कुरा बताउनुभयो । कार्यक्रममा पार्टीका अध्यक्ष के.पी. ओली आउने भनिएतापनि परिस्थिति जटिल भएका कारण अनुपस्थित हुनुभएको जानकारी गराउनुभयो । 

सभामा पूर्व सांसद शान्ता चौधरीले आजको जनलहर देख्दा अत्यन्तै खुशी लागेको बताउनुहुँदै यहाँ थारुका नाममा, जातका नाममा पार्टी खोलेर विग्रह ल्याउन खोजिएको र तराई÷मधेश कसैको विर्ता नभएकोले ढुङ्गामुढा गर्दैमा नडराउने कुरा बताउनुभयो । 

नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न जनसभामा विभिन्न दल त्यागेर एमाले पार्टीमा प्रवेश गरेका थिए भने राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रिय कलाकारहरुले जागरण गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, धनश्याम भुषाल, सचिव प्रदिप ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई