प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउ"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान असफल बनाउन षड्यन्त्र : झलनाथ खनाल

१ चैत्र २०७३, मंगलवार १४:१२

प्रभात सुवेदी । चैत्र १, बर्दिया । 

नेपाल कम्युनिस्ट पार्टी एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज जिल्लाको सदरमुकाममा आयोजित जनसभामा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई असफल बनाउन षड्यन्त्र भएको कुरा बताउनुभएको छ  ।

कार्यक्रमा प्रमुख अतिथिका रुपमा रहनुभएका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘यो संविधान जनताले बनएको संविधान हो जुन ०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धी भएकोले यसको निर्माण गरेर मात्रै त्यसका उपलब्धीहरुलाई संस्थागत गर्न सकिदैन त्यसका लागि सबैभन्दा पहिला कार्यान्वन गर्नु पर्दछ ।’ साथै वहाँले यो संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवाददेखि साम्यवादसम्म पुग्ने आधार हो भन्नुहुँदै चारओटा चरित्र भएको संविधानको रुपमा तुलना गर्नुभयो । संविधानको कार्यान्वयनले नै सबैको अधिकार सुनिश्चित हुन सक्ने, भाषाभाषी, संस्कृतिको संरक्षण गर्दै राष्ट्रियताको रक्षा गर्न सकिने भएकोले यो संविधानको रक्षा गर्नु पर्छ भन्ने विचार राख्नुभयो । संविधानको निर्माणमा एमालेको नेतृत्वदायी भूमिका रहेकोले यसमा एमालेको छाप बसेको समेत दावी गर्नुभयो । समयसापेक्ष केही धाराहरु सच्याएर जानु परेपनि वर्तमान संसद रुपान्तरित संसद भएकोले यसलाई संशोधनको अधिकार पनि छैन भन्नुहुँदै नेपाली काङ्ग्रेस र माओवादी मोर्चा गलत बाटो हिँडिरहकोले अब निर्वाचन भएपछि बन्ने संसदले मात्रै संशोधनको हक राख्ने कुरा औंल्याउनुभयो ।

 

कार्यक्रमा सम्बोधन गर्नुहुँदै पार्टीका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार लाचार सरकार हो, यो सरकार कसैबाट परिचालित छ त्यसैले संशोधन कुनै पनि हालतमा नेपाली जनताको हितमा नभएको कुरा बताउनुभयो ।

यसैगरी पार्टीका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्यको प्रमुख पदमा राख्न खोज्ने र हिन्दी भाषालाई राष्ट्र भाषाका रुपमा स्थापित गर्नका लागि गरिने संशोधन कुनै पनि हालतमा स्वीकार्य नभएको कुरा बताउनुभयो । कार्यक्रममा पार्टीका अध्यक्ष के.पी. ओली आउने भनिएतापनि परिस्थिति जटिल भएका कारण अनुपस्थित हुनुभएको जानकारी गराउनुभयो । 

सभामा पूर्व सांसद शान्ता चौधरीले आजको जनलहर देख्दा अत्यन्तै खुशी लागेको बताउनुहुँदै यहाँ थारुका नाममा, जातका नाममा पार्टी खोलेर विग्रह ल्याउन खोजिएको र तराई÷मधेश कसैको विर्ता नभएकोले ढुङ्गामुढा गर्दैमा नडराउने कुरा बताउनुभयो । 

नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न जनसभामा विभिन्न दल त्यागेर एमाले पार्टीमा प्रवेश गरेका थिए भने राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रिय कलाकारहरुले जागरण गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, धनश्याम भुषाल, सचिव प्रदिप ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की