कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ ।"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल शिक्षक संघ रोल्पाको अध्यक्षमा मल्ल

१ चैत्र २०७३, मंगलवार १५:३८


कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ । 

जसको उपाध्यक्षमा (महिला) माया घर्तीमगर, उपाध्यक्ष हिराबहादुर डाँगी, सचिव चूर्णबहादुर के.सी, सचिव अर्थ शेरबहादुर पुन, सहसचिव द्रोणबहादुर भण्डारी, सह सचिव (महिला) उर्मिला खनाल, सहसचिव अर्थ (महिला) मीना आचार्य रहनु भएको छ । 

यसैगरी सदस्यहरुमा गोपालप्रसाद सुवेदी, खलबहादुर वली, खगेन्द्र खड्का, खेमराज थापा तथा महिला सदस्यहरुमा सीता रानामगर, मीना मल्ल, लक्ष्मी बिष्ट निर्बाेरोध रुपमा निर्वाचित हुनुभएको छ । 

यसैगरी प्रदेश प्रतिनिधिहरुमा खीमलाल खत्री, महेशकुमार के.सी, वालाराम के.सी, गायत्री घर्तीमगर र सुनिता गौतम रहनु भएको छ ।

साथै संघीय प्रतिनिधीहरुमा शालिकराम के.सी., निर्मलकुमार के.सी, कमला सुवेदी तथा अभिमानसिंह घर्तीमगर निर्बिरोध रुपमा चयन हुनभएको  आयोजकले जनाएको छ । 

“सन्तुष्ट शिक्षक, युगानुकुल शिक्षा लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शनिबार उद्घाटन गरिएको कार्यक्रमको बन्दशत्र आइतबार दिनभर चलेको थियो भने सोमबार नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ । 

यसैवीच मंगलबार विहान नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सौहार्द रुपमा अधिवेशन सम्पन्न गर्न सहयोग सबैमा आभार प्रकट गर्दै धन्यबाद ज्ञापन समेत गरेको नव निर्वाचित अध्यक्ष मल्लले जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य