चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बि"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको सम्भावना ९९ प्रतिशत टर्यो: रायमाझी

२०७३, ३ चैत्र बिहीबार १०:३१

चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन ।

सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझिले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्याउन सफल भएको जिकिर गरे उनले भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुशिको कुरा हो ।’

नेता रायमाझीले अघि थपे,‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन्, अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ ?’

उनले फरक प्रसँगमा धेरै नेता साथीहरूले स्थानीय निकायको निर्वाचन गरौँ भन्ने धारण राखेको र आफुले जहिलेपनि स्थानिय तहको वकालत गर्दै आएको स्मरण गर्दै भने,‘मेरो यो अडानले पनि सार्थकता पाएको छ, मलाई के हुन्छ भनेर भन्दा पनि के गर्नुहुन्छ भनेर सोध्न पत्रकारलाई आग्रह समेत गरे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली