चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बि"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको सम्भावना ९९ प्रतिशत टर्यो: रायमाझी

३ चैत्र २०७३, बिहीबार १०:३१

चैत ३, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन ।

सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझिले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्याउन सफल भएको जिकिर गरे उनले भने,‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सिमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुशिको कुरा हो ।’

नेता रायमाझीले अघि थपे,‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन्, अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ ?’

उनले फरक प्रसँगमा धेरै नेता साथीहरूले स्थानीय निकायको निर्वाचन गरौँ भन्ने धारण राखेको र आफुले जहिलेपनि स्थानिय तहको वकालत गर्दै आएको स्मरण गर्दै भने,‘मेरो यो अडानले पनि सार्थकता पाएको छ, मलाई के हुन्छ भनेर भन्दा पनि के गर्नुहुन्छ भनेर सोध्न पत्रकारलाई आग्रह समेत गरे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति