चैत ४, बिर्तामोड । संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ४, बिर्तामोड । संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेत"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका महिला नेतृहरुद्वारा ७ बुँदे माग

४ चैत्र २०७३, शुक्रबार ०८:३७


चैत ४, बिर्तामोड । संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेतृहरुले ७ बुँदे माग अघि सारेका छन् ।

बिर्तामोडमा आज शुक्रवार भएको अन्तरपार्टी महिला सञ्जाल झापाको बैठकले महिला अधिकारका लागि ७ बुँदे माग तय गर्दै त्यसलाई जोडदारसँगले अघि बढाउने निर्णय गरेको हो । 

जनसंख्याको आधारमा आधा बढी हिस्सा ओगटेका महिलाको हक, अधिकार रक्षा तथा सम्मानजनक र समान प्रतिनिधित्वका लागि आफूले अघि सारेका ७ बुँदे माग पूरा गर्न विभिन्न दलमा आवद्ध महिला नेतृहरुले सरकार तथा राजनीतिक दलसँग माग गरेका हुन् ।

 संवाद समूहको सचिवालयको संयोजनमा भएको वैठकको निर्णय अनुसार सञ्जालले आन्दोलनरत् संघीय गठवन्धनका जायज मागहरु सम्वोधन गर्दै तराइ मधेशमा उत्पन्न समस्या समाधान गरी सहज र शान्तिपूर्ण तवरले सवै दलको सहभागितामा स्थानीय तहको निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

त्यस्तै  स्थानीय तहको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु सहित सवै पदको उम्मेद्वार संख्यामा ५० प्रतिशत महिला उम्मेद्वार सुनिश्चित गर्न माग गरिएको छ ।

 दलहरुले आफ्नो पार्टीको विजयी सुनिश्चित भएका ठाउँमा महिलालाई उम्मेद्वार बनाउनु पर्ने, निर्वाचन कर्मचारी,पर्यवेक्षक,अनुगमनकर्ता र म्यादी प्रहरीमा ५० प्रतिशत महिला नियुक्त गर्नु पर्ने माग पनि सञ्जालले अघि सारेको छ । 

संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईका अनुसार  निर्वाचन प्रचारप्रसारलाई तडकभडकरहित कम खर्चिलो र मितव्ययी बनाउदै  निर्वाचन आयोग र सम्पूर्ण राजनीतिक दलहरुले मतदाता शिक्षालाई प्रभावकारी रुपले गाउँगाउँसम्म पुर्याउनु पर्ने सञ्जालको माग छ ।

 जिल्ला समन्वय समितिमा  प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने माग सहित  उक्त सवै  मागहरु कार्यान्वयनका लागि सबै पार्टीलाई सामुहिकरुपमा ध्यानाकर्षण तथा दवाव दिने निर्णय  सञ्जालले गरेको छ । 

अन्तरपार्टी महिला सञ्जालको तर्फबाट उपाध्यक्ष एवम् महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, सञ्जालकी सचिव नेकपा माओवादी केन्द्रकी मिरा अधिकारी सञ्जेल, सञ्जालकी पूर्वअध्यक्ष नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपाने सरु, सञ्जालकी सदस्य नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकाल आचार्य, सञ्जालकी सदस्य अनेमसंघकी जिल्ला अध्यक्ष जसमाया गजमेर, सञ्जालकी सदस्य तथा नेकपा माओवादी केन्द्रकी बन्दना झाँगड अनिषा र भीमा पौडेलले माग पत्रमा हस्ताक्षर गरेको संवाद समूहका सहजकर्ता खगेन्द्र खरेलले जानकारी दिए ।

 बैठकमा सहभागी सञ्जालकी निवर्तमान अध्यक्ष संघीय समाजवादी फोरम नेपालकी संगीता रौनियार, नुतन झा, फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य उषा राजवंशी र तमलोपा महिला संघकी जिल्ला अध्यक्ष अलावती राजवंशीले महिला अधिकार रक्षाका लागि सञ्जालले उठाएको माग जायज भए पनि निर्वाचन अघि संघीय गठबन्धनको माग सम्बोधन हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य