टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन ।"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सञ्चार सेवा बिस्तार गर्न नागरिक समाजले बुझायो टेलीकमका निर्देशकलाई ज्ञापन पत्र

४ चैत्र २०७३, शुक्रबार १२:११


टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन । 

नागरिक समाज डोल्पाले नेपाल टेलीकम क्षेत्रिय कार्यालय नेपालगञ्जका क्षेत्रिय निर्देशक इन्दल यादब सहितको ४ जनाको टोलीलाइ ज्ञापन पत्र बुझाएको नागरिक समाज डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो । 

हाल डोल्पका कालिका, रिमी, ल्हाँ, जुफाल, दुनै र शहरतारामा नमस्ते मोबाईलको बिटिएस राखिएको छ भने अब यो सेवालाइ बिस्तार गरेर माथिल्लो डोल्पका सबै गाउपालिका तथा साबिकका गाविसहरुमा नमस्ते मोबाइलको सेवा बिस्तारको लागि नागरिक समाज डोल्पाले क्षेत्रिय निर्देशक यादवलाइ ज्ञापन पत्र बुझाएको हो । 

नागरिक समाज डोल्पाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरुमा शे फोक्सुण्डो,डोल्पो बुद्ध र छार्का ताङस्योङ गाँउपालिकाहरुमा आवास्यक्तानुसार भिस्याट र थ्रीजि ब्यवस्था गरि नियमित सेवा प्रबाह गर्नु पर्ने, काइके गाँउ पालिकामा रहेका मोबाइल टावरलाइ थ्रीजि सेवा सहित सेवा प्रबाह गरिदिनु पर्ने, रसिको लेकमा रहेको रेडियो लिङ्कमा माइक्रोवयब जडान गरि फोरजी सेवा बिस्तार गरिनु पर्ने, ल्हाँमा रहेको मोबाइल टावरमा थ्रीजि सेवा बिस्तार गरि नियमित सेवा प्रबाह गर्नु पर्ने, जगदुल्ला गाँउपालिका रहेको टावरबाट थ्रीजि सेवा जडान गरि सेवाप्रबाह गर्नु पर्ने,मुड्केचुला गाँउपालिकामा रहेको टावरमा थ्रीजि सेवा जडान गरि नियमित सेवा प्रबाह गुर्नु पर्ने, साविकको पाहाडा र लिकु गाविसमा थ्रीजि मोबाइल टावरको स्थापना गरि सेवा प्रबाह गर्नु पर्ने भन्दै ७ बुद्धे माग सहित ज्ञापन पत्र बझाएको छ । 

सर्मि,काईगाँउ,लिकुको बन्तडि, दुनै, माझफाल, मुकोट, धो, साल्दागँ, भिजेर, फोक्सुण्डो, छार्का, तिन्जे, शहरतारा गरि १४ वटा स्थानमा नयाँ मोबाइल सेवा बिस्तार गर्न लागेकोले निकट समयमा नै यो सेवा बिस्तार हुनेमा ढुक्क हुन पनि उक्त टोलीले भनेको छ । 

भौगोलिक भू बनावटका आधारमा ढुवानी देखि अन्य बिभिन्न प्राबिधिक कुराको समस्या हुने बिद्युत लाइनको सेवा नँभएको कारण सोलारमा यस्ता सेवा बिस्तार गर्न कठिन हुने भएकोले पनि केहि ढिला सेवा बिस्तार हुन गएको टोलीका अर्का सहभागि सिभिल प्रमूख मालिका जोसिले बताउनु भयो ।

नागरिक समाज डोल्पाको ज्ञापन पत्र बुझदै क्षेत्रिय निर्देशक इन्दल यादबले नागरिक समाजको ज्ञापन पत्र अत्यन्त सुझायब मुलक रहेको र नेपाल टेलीकमले डोल्पालाइ पहिलो प्राथमिकतामा राखेर मोबाइल सेवाको बिस्तार गर्ने उद्धेश्यले १४ वटा स्थानमा मोबाइल सेवाको बिस्तार गर्न लागेकोले सन २०१८ सम्म १३ वटा स्थानमा सेवा बिस्तार गर्ने गरि लागि परेकोले स्थानिय स्तरबाट पनि सहयोग गर्नुपर्ने भन्दै प्रतिबद्धता जनाउनु भएको छ । 

डोल्पाका बिभिन्न ठाँउमा रहेका भिस्याट फोन तथा मोबाइल सेवाहरुलाइ हटाइ माइक्रोवयब लिकँ मार्फत नै मोबाइल फोन र ईन्टरनेटको सेवा बिस्तार गर्न लागेको निर्देशक यादबले जानकारि दिनु भया्े । अबको केहि हप्तमा जुफालमा ल्यानलाइनको बिस्तार गरिने भएकोले द्रुत गतिमा लागि रहेको पनि यादवले बताउनु भयो ।

 नेपाल टेलीकाम भन्दा ग्राहकहरु २ गुणा अगाढि नै हुने भएकोले नेपाल टेलीकमको सेवा बिस्तारको लागि बिभिन्न क्षेत्रसँग छलफल सहकार्य गर्दै सेवा बिस्तारमा लागेको हुदा छिट्टै डोल्पा जिल्ला पूरै सञ्चारयुक्त जिल्लाको रुपमा देख्न पाउनेमा ढुक्क हुन क्षेत्रिय निर्देशक इन्दल यादवले आसवासन दिनु भएको छ । 

दुरसञ्चारको डोल्पाको अबस्था अनुगमन तथा भ्रमणको लागि मध्यपश्चिम क्षेत्रिय निर्देशक इन्दल यादब,प्राबिधिक प्रमूख सञ्जय सिजापति,प्रशासन प्रमूख इन्द्र बहादुर बस्नेत र सिभिल प्रमूख मालिका जोसि सहितको चार सदस्सिय टोली डोल्पा आएको नेपाल टेलीकम दुरसँचार कार्यालय डोल्पाले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान