नन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ । 

जसअन्र्तगत ६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ । 

जसअन्र्तगत ६"/>

2026-09-19 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले थप १० जिल्लालाई केन्द्र बनाएर काम गर्ने

नन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ । 

जसअन्र्तगत ६ नम्बर प्रदेशको जुम्ला र सल्यान जिल्लामा केन्द्र बनाएर आर्थिक गतिविधिको विषयमा जानकारी लिईने भएको राष्ट्र बैंकले जनाएको छ । यस अघि ४७ वटा केन्द्र रहेको नेपाल राष्ट्र बैंकको शाखा यस वर्षबाट संघिय संरचना अनुसार थप भएको हो ।

 ताप्लेजुङ, पाँचथर, संखुवासभा, मुस्ताङ, गुल्मी, अर्घाखाँची, दार्चुला, अछाम, जुम्ला र सल्यान जिल्लामा केन्द्र थप गरेर रिर्पोटिङ्ग गर्ने भएको हो । कर्णालीको केन्द्रको रुपमा रहेको जुम्ला मार्फत ५ वटै जिल्लाको कृषि, पशु, वन तथा वित्तिय निकायहरुको आयआर्जनको अवस्थाको विषयमा जानकारी लिन भन्दै केन्द्रीय तथा क्षेत्रिय स्तरका एक टोली जुम्ला आएर छलफल गरेको हो । 

 ६ नम्बर प्रदेशलाई आत्मनिर्भर बनाउन यस क्षेत्रमा भएका सम्भावना, चुनौति र आगामी दिनमा सरकारले गर्न सक्ने लगानीलाई केन्द्रित गरेर सुझाव संकलन गरिएको र उक्त सुझावको आधारमा बजेटको खाका तय हुने नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग केन्द्रिय कार्यालयका उपनिर्देशक प्रदिपराज पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार होटल, पर्यटन तथा वन क्षेत्रबाट हुन सक्ने आर्थिक लाभको विषयलाई केन्द्रित गरेर बजेटको बाँडफाँट गर्न सरकारलाई सुझाव दिईने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई