काठमाडौँ | व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’अप्रिल २८ अर्थात बैशाख १५ गतेदेखि रिलिज हुनेछ ।
बिहीबार युट्युवमा सार्वजनिक भएको ट्रेलर तीन दिनमै पौने २ करोडले हेरेका छन् । साथै यो ट्रेलर नम्बर १ ट्रेन्डमा रहेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् ।