दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल प"/>

2026-10-27 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जिल्ला अस्पताल मुगुमा जटिल शल्यक्रिया सेवा सुरु


दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल पु¥याए । 

तर जिल्ला अस्पताल पु¥याउदा सम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने, जिल्लामा त्यस्तो व्यवस्था नभएको र लामाको एपेण्डिसाईडका कारण आन्द्रा फुटि सकेको भन्दै  जिल्ला अस्पतालले उपचार गर्न नसकिने हुँदा सुविधा सम्पन्न ठाउँमा लैजान भने पछि लामालाई गएको माघ ६ गते विहान आफन्तले ताल्च विमान स्थल लिए । तर प्रतिकुल मौसमका कारण हवाई उडान ढिलो भएपछि उनको विमान स्थलमा जहाँज कुर्दा कुर्दै मृत्यु भयो ।

मृतक लामा एक नमुना पात्र मात्र हुन विगतका वर्षहरुमा कतिपय गर्भवती महिलाले जिल्ला अस्पताल पुगे पनि दक्ष र विशषक्ष चिकित्सकको अभावमा बच्चा जन्माउन नसकेर , अत्याधिक रक्तश्राव भएर ज्यान गुमाए त कतिपयले घरमा नै सुत्केरी हुन खोज्दा ज्यान गुमाए । 

कतिपय मुगालीहरुले बन पाखा काममा जाँदा लडेर अस्पतालको उपचार भन्दा घरायशी उपचार नै राम्रो मानेर अस्पातलको मुखै नदेखि ज्यान गुमाए । हुने खानेहरुले विरामी पर्दा हेलिकप्टर चार्टर गरि ज्यान बचाए तर गरिब त्यसै मरे ।

तर अहिले जिल्ला अस्पतालमा हाईडा्रेसिल, हर्निया, एपेन्डिसाईड, गर्भवती महिलाका लागि प्रसुति शल्यक्रिया सेवा लगायत सानठुला खाले शल्यिक्रिया सुरु भए पछि मुगालीले केही राहत महसुस गरेका छन ।

गएको मंगलवार पाठेघरको डिम्बनलि फुटेर पेट भित्रै रक्तश्राप भई  ज्यान जाने खतरामा रहेकि छायाँनाथ रारा नगरपािलका वडा नम्बर १० सोभा गाँउकि चन्दा सावतको पहिलो पटक जिल्ला अस्पतालमा एमडिजिपि बिशेषज्ञ डाक्टर जितेन्द्र कडेलको नेतृत्वको टोलीले शल्यक्रिया गरेर ज्यान बचायो । 

अस्पतालमा डाक्टरहरु नभईदिएको भए  तत्कालै नेपालगंज सुर्खेत पु¥याउन आर्थिक विपन्नता भएकी सावतले अकालमै ज्यान गमाउनु पर्ने थियो तर दक्ष जनशक्ति र त्यसका लागि आवश्यक उपकरणको उपलब्धता भए पछि उनको ज्यान जोगिएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज अधिकारीले बताए  ।  

भान्जीलाई अप्रेशन नै गर्नु पर्ने रहेछ ,हामीसंग सुविधायुक्त ठाउँमा लिन सक्ने अवस्था थिएन , जिल्लामा नै अप्रेशन भयो ज्यान जोगियो । अब सधै जिल्ला अस्पतालमा यि सेवाहरु निरन्तर चलुन सावतका मामा ज्ञानसिंह बुढाले भने । 

यो वर्ष सुत्केरी हुन नसकेर कुनै गर्भवती महिलाले ज्यान गुमाउनु नपरेको, असोज यता देखि जिल्ला अस्पतालमा प्रसुति सेवा शल्यक्रिया सेवा प्रदान गर्न डाक्टर अशोक खनाल क्रियाशिल रहेको र हालसम्म ६ जना गर्भवती महिलाको सफल शल्यक्रिया भएको कार्यालय प्रमुख डाक्टर अधिकारीले बताए । 

अब देखि ख्हाईडा्रेसिल, हर्निया, एपेन्डिसाईड लगायतका केहि रोगको शल्यक्रिया सेवा प्रवाह गर्ने गरि एमजिडिजिपी विशेषज्ञ डाक्टर जितेन्द्र कडेल पनि जिल्ला अस्पतालमा कार्यरत छन । जिल्ला अस्पतालका लागि ६ र प्राथामिक स्वास्थ्य केन्द्र रातापानीका लागि एक गरेर सात जना डाक्टरले अव काम गर्ने छन ।

जिल्ला अस्पतालका लागी  आबश्यक जनशक्ति पुगेपछी बिरामिहरु अन्यत्रका अस्पतालमा जानु पर्ने  बाध्यता हटेको छ । जिल्ला अस्पतालमा हुन नसक्ने बाहेक सबै खाले सेवा जिल्ला अस्पतालबाटै सेवा दिन सकिन अस्पतालले बताएको छ । 

१२ बर्ष अगाढी  २०६१ सालमा प्राथामिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नती भई १५ शैयाको अस्पतालका रुपमा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक आधा दर्जन भन्दा बढी डाक्टरहरुहरु पुगेर सेवा दिन थाले पछी जिल्ला अस्पतालमा आउने सेवाग्राही हर्षित बनेका छन ।

  केही बर्ष अगाढी अहेवहरुको भरमा चल्ने गरेको जिल्ला अस्पतालमा स्वास्थ्य मन्त्रालयले डाक्टरहरु पठाएको भए पनि दुर्गम भन्दै डाक्टर नबसेर अन्यत्र काजमा बस्ने गरेका हुन्थे । सामन्य देखि जटिल खालका बिरामिलाई अहेवहरुले सकुन्जेल उपचार गर्ने गरे पनि प्राय बिरामिहरुलाई भने काठमाडौ नेपालगंज रिफर गर्ने अवस्था रहेकोमा अब आधा दर्जन भन्दा बढी डाक्टरले सेवा दिन थालेपछी बिरामिहरु सेवा देखि सन्तुष्टि रहेका जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव पशुराम  नेपालीले खुसी ब्यक्त गरे । 

बेलैमा उपचार गर्न बिरामिहरु अस्पतालमा पुगेपनि डाक्टरहरु नहुँदा धेरैले ज्यान अस्पतालमै गुमाएका छन । अहिले अस्पतालमा  सात जना डाक्टरले जिल्लामा सेवा दिन पुगे पछी बिरामिहरुले बेलैमा सेवा पाउने गरेका जिल्ला अस्पताल विकास समितिका अध्यक्ष डिल बहादुर मल्लले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने