दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल प"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जिल्ला अस्पताल मुगुमा जटिल शल्यक्रिया सेवा सुरु

२०७३, ५ चैत्र शनिबार ०८:०९


दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल पु¥याए । 

तर जिल्ला अस्पताल पु¥याउदा सम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने, जिल्लामा त्यस्तो व्यवस्था नभएको र लामाको एपेण्डिसाईडका कारण आन्द्रा फुटि सकेको भन्दै  जिल्ला अस्पतालले उपचार गर्न नसकिने हुँदा सुविधा सम्पन्न ठाउँमा लैजान भने पछि लामालाई गएको माघ ६ गते विहान आफन्तले ताल्च विमान स्थल लिए । तर प्रतिकुल मौसमका कारण हवाई उडान ढिलो भएपछि उनको विमान स्थलमा जहाँज कुर्दा कुर्दै मृत्यु भयो ।

मृतक लामा एक नमुना पात्र मात्र हुन विगतका वर्षहरुमा कतिपय गर्भवती महिलाले जिल्ला अस्पताल पुगे पनि दक्ष र विशषक्ष चिकित्सकको अभावमा बच्चा जन्माउन नसकेर , अत्याधिक रक्तश्राव भएर ज्यान गुमाए त कतिपयले घरमा नै सुत्केरी हुन खोज्दा ज्यान गुमाए । 

कतिपय मुगालीहरुले बन पाखा काममा जाँदा लडेर अस्पतालको उपचार भन्दा घरायशी उपचार नै राम्रो मानेर अस्पातलको मुखै नदेखि ज्यान गुमाए । हुने खानेहरुले विरामी पर्दा हेलिकप्टर चार्टर गरि ज्यान बचाए तर गरिब त्यसै मरे ।

तर अहिले जिल्ला अस्पतालमा हाईडा्रेसिल, हर्निया, एपेन्डिसाईड, गर्भवती महिलाका लागि प्रसुति शल्यक्रिया सेवा लगायत सानठुला खाले शल्यिक्रिया सुरु भए पछि मुगालीले केही राहत महसुस गरेका छन ।

गएको मंगलवार पाठेघरको डिम्बनलि फुटेर पेट भित्रै रक्तश्राप भई  ज्यान जाने खतरामा रहेकि छायाँनाथ रारा नगरपािलका वडा नम्बर १० सोभा गाँउकि चन्दा सावतको पहिलो पटक जिल्ला अस्पतालमा एमडिजिपि बिशेषज्ञ डाक्टर जितेन्द्र कडेलको नेतृत्वको टोलीले शल्यक्रिया गरेर ज्यान बचायो । 

अस्पतालमा डाक्टरहरु नभईदिएको भए  तत्कालै नेपालगंज सुर्खेत पु¥याउन आर्थिक विपन्नता भएकी सावतले अकालमै ज्यान गमाउनु पर्ने थियो तर दक्ष जनशक्ति र त्यसका लागि आवश्यक उपकरणको उपलब्धता भए पछि उनको ज्यान जोगिएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज अधिकारीले बताए  ।  

भान्जीलाई अप्रेशन नै गर्नु पर्ने रहेछ ,हामीसंग सुविधायुक्त ठाउँमा लिन सक्ने अवस्था थिएन , जिल्लामा नै अप्रेशन भयो ज्यान जोगियो । अब सधै जिल्ला अस्पतालमा यि सेवाहरु निरन्तर चलुन सावतका मामा ज्ञानसिंह बुढाले भने । 

यो वर्ष सुत्केरी हुन नसकेर कुनै गर्भवती महिलाले ज्यान गुमाउनु नपरेको, असोज यता देखि जिल्ला अस्पतालमा प्रसुति सेवा शल्यक्रिया सेवा प्रदान गर्न डाक्टर अशोक खनाल क्रियाशिल रहेको र हालसम्म ६ जना गर्भवती महिलाको सफल शल्यक्रिया भएको कार्यालय प्रमुख डाक्टर अधिकारीले बताए । 

अब देखि ख्हाईडा्रेसिल, हर्निया, एपेन्डिसाईड लगायतका केहि रोगको शल्यक्रिया सेवा प्रवाह गर्ने गरि एमजिडिजिपी विशेषज्ञ डाक्टर जितेन्द्र कडेल पनि जिल्ला अस्पतालमा कार्यरत छन । जिल्ला अस्पतालका लागि ६ र प्राथामिक स्वास्थ्य केन्द्र रातापानीका लागि एक गरेर सात जना डाक्टरले अव काम गर्ने छन ।

जिल्ला अस्पतालका लागी  आबश्यक जनशक्ति पुगेपछी बिरामिहरु अन्यत्रका अस्पतालमा जानु पर्ने  बाध्यता हटेको छ । जिल्ला अस्पतालमा हुन नसक्ने बाहेक सबै खाले सेवा जिल्ला अस्पतालबाटै सेवा दिन सकिन अस्पतालले बताएको छ । 

१२ बर्ष अगाढी  २०६१ सालमा प्राथामिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नती भई १५ शैयाको अस्पतालका रुपमा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक आधा दर्जन भन्दा बढी डाक्टरहरुहरु पुगेर सेवा दिन थाले पछी जिल्ला अस्पतालमा आउने सेवाग्राही हर्षित बनेका छन ।

  केही बर्ष अगाढी अहेवहरुको भरमा चल्ने गरेको जिल्ला अस्पतालमा स्वास्थ्य मन्त्रालयले डाक्टरहरु पठाएको भए पनि दुर्गम भन्दै डाक्टर नबसेर अन्यत्र काजमा बस्ने गरेका हुन्थे । सामन्य देखि जटिल खालका बिरामिलाई अहेवहरुले सकुन्जेल उपचार गर्ने गरे पनि प्राय बिरामिहरुलाई भने काठमाडौ नेपालगंज रिफर गर्ने अवस्था रहेकोमा अब आधा दर्जन भन्दा बढी डाक्टरले सेवा दिन थालेपछी बिरामिहरु सेवा देखि सन्तुष्टि रहेका जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव पशुराम  नेपालीले खुसी ब्यक्त गरे । 

बेलैमा उपचार गर्न बिरामिहरु अस्पतालमा पुगेपनि डाक्टरहरु नहुँदा धेरैले ज्यान अस्पतालमै गुमाएका छन । अहिले अस्पतालमा  सात जना डाक्टरले जिल्लामा सेवा दिन पुगे पछी बिरामिहरुले बेलैमा सेवा पाउने गरेका जिल्ला अस्पताल विकास समितिका अध्यक्ष डिल बहादुर मल्लले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ