महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा "/>
२३ मंसिर २०८२, सोमबार
पर्बत - PBT

मोदी गाउँपालिकामा यी उम्मेदवारविच हुन सक्छन् मेयरको लडाई

६ चैत्र २०७३, आईतवार ०५:१४

महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा विवाद चर्किको हो । 

यसैविच जलजला गाउँपािलकाको केन्द्र मल्लाजमा कायम गरिएको भन्दै त्यसको नागरिकले चर्को विरोध गरिरहेका बेलामा  गाउँपालिकाको कार्यालय स्थापनका लागि मल्लाजबासी भने आतुर देखिएका छन् । विहादी, मोदी गाउँपालिकामा पनि अपायक ठाउँमा केन्द्र स्थापना भएको प्रति विरोध भैराखेको छ ।

केन्द्रको विषयमा कतै विवाद भएको छ भने कतै स्थानीयबासी खुसि भएको अबस्था पनि छ । कतिपय गाउँ तथा नगरपालिकामा बैशाख ३१ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । 

http://sajhasabal.com/uploads/contents/thumbs/

मोदी गाउँपालिकामा पनि राजनीतिक दलहरुले आआफ्नो पकेट क्षेत्र बनाउनको लागि प्रचारप्रसार शुरु गरेका छन् । जिल्लाका नेता तथा राजदूत समेत बनिसकेकाहरुको क्षेत्रका रुपमा रहेको मोदी गाउँपालिकामा आगामी गाउँपालिकाको सभापति (मेयर)को लागि कडा प्रतिशपर्दा हुने देखिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट पार्टी सचिव विश्वप्रकाश प्रसाइ मेयरका लागि सम्भावित उम्मेदवार हुन सक्छन् । तर उनी गाउँपालिकाको मेयरमा चित्ता बुझाएर बस्ने सोचमा भने देखिदैन । उनी प्रदेशमानै होमिने शुरुमा देखिन्छन् । उनको महोत्वकांक्षा गाउँपालिकाको मेयरमा सिमित हुने छैन । तर पनि उनी सम्भावित मोदी गाउँपालिकाको आगामी चुनावको लागि उम्मेदवारीको नामवलीमा पर्ने देखिन्छन् । त्यस्तै महिला सभापतिमा तिलाहारकी मिना केसी सम्भावित उम्मेदवारको दाबेदार बन्ने देखिएको छ । नेपाल महिला संघमा समेत रहेकी उनी मोदी गाउँपालिकाबाट आगामी बैशाख ३१ को चुनावमा होमिने देखिन्छ । त्यस्तै नेपाल महिला संघकी अध्यक्ष जौमाया प्रसाई, बाटुली पौडेल को सम्भावना देखिएको छ ।

केपी ओलीको सरकारमा जापानको लागि राजदूतमा सिफारिस भएका डा. खड्क केसी सम्भावित एमालेबाट मोदी गाउँपालिका आगामी मेयरका उम्मेदवार हुने देखिएको छ । राजदूतको हैसियतमा पुगेका उनी मोदी गाउँपालिकाको मेयरमा बस्ने भने देखिदैन तर नामवलीमा भने उनी पनि पर्ने देखिन्छ । त्यस्तै नेकपा एमालेका पार्टी उपाध्यक्ष भक्त कुवँर, नेकपा एमाले धौलागिरी कमिटिका प्रेम कुमार लामिछाने, प्रेम पौडेल, लोकेन्द्र लामिछाने मेयरमा उठ्न सक्ने सम्भावित नामवली हो । महिलाबाट भने सेती महत र हिरादेवि शर्मामध्ये एक हुने सम्भावना देखिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका सोकिए सचिव समेत बनेका मनोहर तिमिल्सिना सम्भावित उम्मेदवार हुने नामवलीमा परेको छ । उनीसँगै बाजुङका मनबहादुर पौडेलको समेत दाबी रहने देखिन्छ । भने महिला सभापतिमा गंगा तिमिल्सिना उठ्ने देखिएको छ । 

नयाँ शक्ति नेपालबाट महेन्द्रजंग लामिछाने सभापतिको उम्मेदवार हुन सक्ने सम्भावना छ ।  यता राप्रपा नेपालबाटसांसद समेत बनेका देवेन्द्र महत उम्मेदवारको सम्भावनामा परेका छन् ।

उक्त क्षेत्रबाट सांसद, राजदूत समेत बनिसकेकाहरुको अनुहार उम्मेदवारीमा पर्ने देखिन्छ भने जिल्लाका नेताहरु समेत बनिसकेकाहरुको पनि अनुहार मोदी गाउँपालिकाको नेतृत्वमा हुनसक्ने सम्भावना बढी छ ।

हामीले प्राप्त गरेको जानकारी अुनसार माथि  उल्लेखित उम्मेदवार गाउँपालिकाको प्रमुखका रुपमा देखिने अनुहार हुन् । यी भन्दा फरक अनुहारहरु पनि मैदानमा उत्रिन सक्छन् । तर यी उम्मेदवारहरु भने त्यसक्षेत्रका उदायका अनुहारहरु हुन् । अन्यपनि होलान तर ती बहिर आएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य