११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत ९ गतेदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, अनलाइन फारम कसरी भर्ने ? (भिडियोसहित)

६ चैत्र २०७३, आईतवार ०७:५३

चैत ६, काठमाडौं । आउँदो चैत ९ गते अर्थात यही बुधबारदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ । अरु बेलामा दिनरातदेखि नै लामो लाइनमा बसेर फारम बुझाउनु पर्ने झंजत यो बर्ष भने छैन किनकी तपाइले आफुले चाहेको स्थानबाटै अनलाइन फारम भर्न सक्नुहुन्छ ।

नेपालीहरुको लागि भाषा परिक्षा पास गरि रोजगारीका लागि आकर्षक र भरपर्दो गन्तव्य मानिने देश कोरियामा धेरै आवेदनहरु पर्ने गरेको छ । गतवर्ष झण्डै ६० हजारले खचाखच लाइनमा बसेर कोरियन भाषाको परीक्षा आवेदन फारम भरेका थिए तर यो पटक भने माग पनि पहिलेको तुलनामा तेब्बर बढेको छ भने अनलाइनबाट फारम भर्ने सुबिधा उपलब्ध गराईएको छ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेपनि अनलाइनबाट कसरी फारम भर्ने भन्ने अन्यौलता हुनसक्ने हुँदा आज हामीले तपाईलाई कसरी फारम भर्ने भन्ने बारे केहि महत्वपूर्ण जानकारी दिने प्रयास गरेका छौं । 

अनलाइनबाट फारम भर्नको लागिओ फारम शुल्क बापतको रकम ग्लोबल आईएमई बैंका तोकिएका शाखामा फारम भर्नु अघि नै बुझाउनु पर्ने हुन्छ । बैंकबाट रकम जम्मा गरेको कोड पाउनुहुन्छ र त्यहि कोड र एमआरपी पासपोर्टको नम्बरलाई तपाइले अनलाइन फारम भर्दा प्रयोग गरि अनलाइन फारम सब्मिट गर्न सक्नुहुन्छ । 

भिडियो हेर्नुस्


यो वर्ष आवेदन दिएकाहरुको भाषा परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ । अनलाइन फारम भर्दा एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । 

चैत ९ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।  फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र प्राप्त गर्नेछन् । र सोहि  प्रवेशपत्रलाई रंगिन प्रिन्ट गरेर परीक्षा दिन पाइनेछ । साथै परीक्षा दिनको लागि प्रवेशपत्र सँगै सक्कल एमआरपी पनि लिएर जानुपर्ने हुन्छ । 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज