Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत ९ गतेदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, अनलाइन फारम कसरी भर्ने ? (भिडियोसहित)

२०७३, ६ चैत्र आईतवार ०७:५३

चैत ६, काठमाडौं । आउँदो चैत ९ गते अर्थात यही बुधबारदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ । अरु बेलामा दिनरातदेखि नै लामो लाइनमा बसेर फारम बुझाउनु पर्ने झंजत यो बर्ष भने छैन किनकी तपाइले आफुले चाहेको स्थानबाटै अनलाइन फारम भर्न सक्नुहुन्छ ।

नेपालीहरुको लागि भाषा परिक्षा पास गरि रोजगारीका लागि आकर्षक र भरपर्दो गन्तव्य मानिने देश कोरियामा धेरै आवेदनहरु पर्ने गरेको छ । गतवर्ष झण्डै ६० हजारले खचाखच लाइनमा बसेर कोरियन भाषाको परीक्षा आवेदन फारम भरेका थिए तर यो पटक भने माग पनि पहिलेको तुलनामा तेब्बर बढेको छ भने अनलाइनबाट फारम भर्ने सुबिधा उपलब्ध गराईएको छ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेपनि अनलाइनबाट कसरी फारम भर्ने भन्ने अन्यौलता हुनसक्ने हुँदा आज हामीले तपाईलाई कसरी फारम भर्ने भन्ने बारे केहि महत्वपूर्ण जानकारी दिने प्रयास गरेका छौं । 

अनलाइनबाट फारम भर्नको लागिओ फारम शुल्क बापतको रकम ग्लोबल आईएमई बैंका तोकिएका शाखामा फारम भर्नु अघि नै बुझाउनु पर्ने हुन्छ । बैंकबाट रकम जम्मा गरेको कोड पाउनुहुन्छ र त्यहि कोड र एमआरपी पासपोर्टको नम्बरलाई तपाइले अनलाइन फारम भर्दा प्रयोग गरि अनलाइन फारम सब्मिट गर्न सक्नुहुन्छ । 

भिडियो हेर्नुस्


यो वर्ष आवेदन दिएकाहरुको भाषा परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ । अनलाइन फारम भर्दा एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । 

चैत ९ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।  फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र प्राप्त गर्नेछन् । र सोहि  प्रवेशपत्रलाई रंगिन प्रिन्ट गरेर परीक्षा दिन पाइनेछ । साथै परीक्षा दिनको लागि प्रवेशपत्र सँगै सक्कल एमआरपी पनि लिएर जानुपर्ने हुन्छ । 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ