चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

वि"/>

2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति पुन

चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा आज नेपाल डेन्टल एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो देशको दन्त उपचार सेवा निकै उत्कृष्ट छ । अन्य रोगका लागि विदेश नै रोज्ने ठूलाबडाले पनि दाँत उपचारका लागि बाहिर गएको सुनिँदैन । यसर्थ देशभित्र उत्पादन भएका दन्त चिकित्सक, दन्तसर्जन र दन्त विशेषज्ञलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछुु ।” 

विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले शरीर स्वस्थ भएमा दिमाग स्वस्थ हुने हुनाले स्वस्थ व्यक्तिले मात्र देशमा योगदान गर्नसक्ने बताउनुभयो । मुख स्वस्थ राख्न खानेपानीसँगै अन्य खानेकुरामा नियन्त्रण र सन्तुलन राख्न सकेमा धेरै कडा रोगबाट बच्न सकिने उहाँले तर्क गर्नुभयो । 

विश्व डेन्टल फेडरेसन ९ँम्क्ष्० को आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको हो । 

नेपाल मेडिकल एसोसिएसनका संयुक्त कोषाध्यक्ष तथा दन्त विभाग प्रमुख डा प्रकाश बुढाथोकीले सम्पूर्ण नेपालीको दन्त उपचार गर्न पाँचहजार दन्त चिकित्सक आवश्यक परेपनि नेपालमा दुईहजार मात्र चिकित्सक हुुँदा पनि चिकित्सक बेरोजगार र जनता उपचारबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । 

सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म दन्त चिकित्सक पु¥याउन सरकारले दरबन्दी सिर्जना गरी आवश्यक उपकरणसहितको वातावरण बनाउनुपर्ने उहाँले माग गर्नुभयो । डेन्टल एसोसिएसनका अध्यक्ष डा सन्तोषमान राजभण्डारीले मुख स्वास्थ्य दिवसमा विभिन्न जटिलरोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक भएकाले सरकारले यो विषयलाई पनि गम्भीररुपमा लिई मुख स्वास्थ्यका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै महाशाखा स्थापना हुनुपर्ने बताउनुभयो । 

एसोसिएसनका महासचिव डा मनोज हुमागाईंले दन्त उपचारका लागि केन्द्रीय दन्त अस्पताल आवश्यक भएको बताउनुभयो । अन्य रोगको अस्पताल भएपनि मुख स्वास्थ्यका लागि केन्द्रीय अस्पताल आवश्यक भएको उहाँको भनाइ छ । 

दन्त विशेषज्ञ सुवास घिमिरेले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताउनुभयो । डा घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोग छ कि छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउनुहुन्छ । 

वल्र्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माँझ्नाले गिँजा र दाँतलाई बचाउन सकिन्छ । फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माँझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको व्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन् । हरेक नेपालीलाई कुनै न कुनैप्रकारको मुखसम्बन्धी समस्या छ । सहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सड्ने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्ने चिकित्सकको भनाइ छ । 

नेपाल मेडिकल परिषद्मा हालसम्म एकहजार ९६० दन्त चिकित्सक छन् भने ५४६ दन्त विशेषज्ञ दर्ता छन् । हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१७ बाट यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ । 

सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई