चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहर"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा सक्रिय सहभागी हुन थवाङीलाई आह्वान

८ चैत्र २०७३, मंगलवार ०८:५१


चैत ८, रोल्पा । थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरुले बताउनुभएको छ । 

थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा उहाँहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गर्नुभयो । 

नेकपा राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वासन नभई थबाङ र समग्र सिङ्गो देशकै विकासको आवश्यकतामा जोड दिनुभयो । 

सांसद तथा नेपाली काँग्रेसका पार्टी सभापति अमरसिंह पुनले आगामी चुनावमा थबाङको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । जलजलामा शान्तिबाटिका स्थापना गर्न र जलजलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू सधँै लागिरहने बताउनुभयो । 

नेकपा(माओवादी केन्द्र)का जिल्ला सम्मेलन आयोजक समिति सदस्य ग्रीस पुनले थबाङी जनता विचारमा विविधता भए पनि विकासका साझा विषयमा एक छन् भन्नुभयो । नेकपाका डिसिएम हितप्रसाद रोकाले थबाङमा औषधिजन्य कृषिको व्यावसायिक सम्भावना रहेको औँल्याउनुभयो । 

उहाँहरुले. लिबाङ, धबाङ, जलजला, थबाङ सडकलाई थबाङदेखि जलजलासम्म विस्तार गर्नुपर्ने, सिँचाइ योजना सञ्चालन गर्नुपर्ने, साना लघु जलविद्युत्को स्तर वृद्धि तथा मर्मतसम्भार गर्नुपर्ने, खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने तथा जलजलाको समग्र संरक्षण र प्रबद्र्धनका लागि पहल गर्नुपर्ने लगायत सुझाव दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य