२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ नवलपरासीमा स्थानिय निर्बाचनको माहौल

२०७३, ८ चैत्र मंगलवार ११:३६

चैत ८, परासी । सरकारले स्थानिय निर्वाचनको मिति घोष्णा गरेपछि जिल्ला निर्वाचन कार्र्यालय नवलपरासीले निर्वाचनको तयारी तिब्र रुपमा गरिरहेको छ । कार्यालयले मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको सकेको छ भने जिल्लामा २ सय ३७ वटा मतदान स्थलमा करिब ५ सयको हाराहारीमा मतदान केन्द्र समेत तोकि सकेको जानकारी दिएको छ ।

कार्यालयले निर्वाचनको तयारी अगाडी बढाउदै कर्मचारीहरुको विवरण संकलन गर्दै मतदान स्थलमा पठाउने तयारी समेत गरिरहेको छ ।  तोकिएका मतदान स्थल र केन्द्रहरुमा सुरक्षाकर्मी र आवश्यक समाग्रीहरु समेतको व्यवस्थापन जुटिरहेको कार्यालयले नगर, गाउँ सभामा उठने उम्मेदवार प्रतिनिधिहरुको विषयमा पनि कार्यालयबाटै जानकारी दिने काम पनि गरिरहेको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामो ७ नगरपालिका र ८ गाउँ पालिका छ । जिल्लाको ३ लाख ८० हजार ९ सय ४ जनता मतदाता छन । जस मध्ये १ लाख ८६ हजार ७ सय ९९ पुरुष,  १ लाख ९३ हजार ९ सय ९७ जना महिला र ८ जना तेश्रो लिंङ्गी मतदाता रहेको कार्यालयले जानकारी दिएको छ ।

कस्तो छ चुनावी माहौल ?

निर्वाचन कार्यालयको तयारी संगसंगै शिर्ष दलहरु समेत पनि स्थानिय चुनावको तयारीमा जुटी रहेका छन । दलहरु चरणबद्ध रुपमा बैठक बस्दै उम्मेदवारको टुंगो लगाउने देखि लिएर चुनावका कसरी भिडे सफल हुने विषयमा व्यापक छलफल समेत गरिरहेका छन । दलहरुले गाउँ नगरहरुमा जागरण भेला बोलाई कार्यकर्ता सजग गराउने, कार्यकर्ताहरु परिचालन गर्ने र चुनावको व्यापक तयारीमा जुटिरहेका छन । जिल्लाको गाउँ गाउँ र चोक चोकमा स्थानिय चुनावको चर्चा परिचर्चा भैरहेको छ ।

यता नगर सभाको मेयर र गाउँ सभाको अध्यक्ष पदका सम्भावित उम्मेदवारहरु चुनावी भागदौडमा छन । टिकटका लागि आ–आफ्ना शिर्ष नेताहरुलाई भेटने र उम्मेदवारहरुको पंक्तिमा बसी रहेका छन । चुनावमा टिकट लिन लाईनेमा बस्ने उम्मेदवारहरु मतदाताहरुको घरदैलो समेतमा पुगी प्रचार प्रसार गरिहेको पाइएको छ । टिकट आफ्नो पक्षमा पार्न उम्मेदवारहरु जिल्ला देखि केन्द्रसम्मका शिर्ष नेताहरुलाई भेटने र फोनिङ्ग लाईनमा बसी रहेका छन । उम्मेदवारहरु चुनाव आफ्नो पक्षमा पार्न विभिन्न कार्यकर्ताहरु परिचालन गर्दै गाउँगाउँ घरदैलो कार्यक्रम समेतमा पुगी रहेका छन ।

को–को छन मेयरको चर्चामा ?

प्रदेश नं. ५, परासी क्षेत्रमा पर्ने अर्थात दाउन्ने वारीका ३ वटा नगरपालिका मध्ये रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको खेमाबाट आधा दर्जन नेताहरु मेयर पदका उम्मेदवारको आकांक्षी देखिएका छन । मेयर पदमा कांग्रेसका नेताहरु, नरेन्द्र कुमार गुप्ता, विक्रम यादव, शिवशंकर राय, पलकधारी गुप्ता, नारायण रेग्मी, विरेन्द्र अग्रहरी र बैजनाथ जयसवाल चर्चामा छन भने एमालेको खेमाबाट दिपेन्द्र यादव, लक्ष्मी क्षेत्री, सुमनगोपाल आचार्य, खगेश्वर पन्थी, उमा शंकर चौधरी र मेघराज गौतम चर्चामा छन । 

त्यस्तै माओबादी केन्द्रबाट बुद्धन अलि, ईजहार मिँया, जनार्दन कुर्मी चर्चामा छन भने राप्रपाबाट रामभवन यादव, छन । नयाँ शक्तिबाट अमिरुल्लाह मिँया, आलोक पाठक, कन्हैया कोहार पनि मेयरको चर्चामा छन । यता मधेशी मोर्चाले स्थानिय चुनावमा भाग नलिने र आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

त्यस्तै सुनवल नगरपालिकामा मेयर पदमा कांग्रेसको खेमाबाट भिम बहादुर थापा क्षेत्री, (भरत थापा), अर्जुन कुमार पोख्रेल, विष्णु पौडेल, ऋषिराम पौडेल, पप्पु रायमाझी, यज्ञ प्रसाद पाण्डे, प्रेम न्यौपाने चर्चामा छन भने एमालेबाट थान प्रसाद गैरे, बिमला आर्याल, उमानाथ पोख्रेल, रमेश शर्मा, ओम पुन, केशव भण्डारी, राजन आचार्य, सुर्य दुबे र लेखनाथ खरेल मेयर पदको आकांक्षी देखिएका छन । यस्तै मोओबादी केन्द्रबाट भविष्वर तिवारी, सुर्य प्रसाद न्यौपाने, डोलराज भण्डारी, बिमल ढकाल, राप्रपाबाट पदम खडका र नयाँ शक्तिबाट हर्क बहादुर गुरुङ्ग, सुनिता काफले चर्चाको पनि चर्चा छ ।

त्यस्तै बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा शम्भुलाल श्रेष्ठ, लोमा वाग्ले, लाल बहादुर गुरुगं, विश्व प्रेम पाठक, ईन्द्र सापकोटा र कमला पराजुलीको चर्चा भैरहेको छ । भने एमाले खेमाबाट रुक्मागत ज्ञवाली, धिरज शर्मा, शेर बहादुर आचार्य, एक देव पाण्डे, शिवलाल कंडेल र सरिता खनाल चर्चामा छन ।  

माओवादी केन्द्रवाट हरि रञ्जन पौडेल, रुद्र प्रकाश उपाध्याय, भिम सिंह थापा र डि.वि. थापा मेयरको आकांक्षी देखिएका छन । राप्रपाबाट प्रकाश रायमाझी, मिलन श्रेष्ठ र नयाँ शक्तिबाट यम बहादुर थापाको पनि मेयरमा चर्चा भैरहेको छ ।

जिल्लामा स्थानिय चुनावको चौतर्फी तयारी भैरहदा यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नयाँ शक्ति नेपाल, नेकपा क्रान्तिकारी माओबादी (बैद्य) नेकपा (विप्लव)  लगायतका पार्टीहरु संविधान, संघियता, स्थानिय संरचना लगायतका विषयहरुमा असन्तुष्ट भई चुनावमा भाग नलिने बताएका छन भने केहि दलहरु संविधान संसोधन भई माग पुरा भएको खण्डमा चुनावमा भाग लिने जानकारी दिए ।  

यस्तो छ मोर्चाको चरणबद्ध आन्दोलन 

सरकारले मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरि बलजफती स्थानिय चुनाव गराउन खोजेपछि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जाने तयारी गरेको छ । मोर्चाको केन्द्रिय निर्देशन अनुसार नवलपरासी मोर्चाले स्थानिय चुनाव बहिष्कार गर्न विभिन्न चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

मोर्चाले मधेश आन्दोलन र चुनाव बहिष्कार कार्यक्रममा जिल्ला सबै कार्यकर्ताहरुलाई सहभागि हुन आग्रह गर्दै गाउँ गाउँमा भण्डाफोर र जागरण कार्यक्रम गर्दै आएको छ । मोर्चाले चुनाव बहिष्कार गर्ने सन्दर्भमा बुधबार ९ गते मोटरसाईकल सचेतना ¥याली निकाल्दै छ । आन्दोलन कै क्रममा १३ गते परासीमा श्रद्धाञ्जली सभा कार्यक्रम तय गरेको छ भने १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको मोर्चाले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध