ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाह"/>

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा गैर सरकारी संघ संस्थाहरुले यसरी पालना गर्दैछन निर्वाचन आचारसंहिता

ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरु र सरकोरवाला निकायबिच मंगलबार भएको निर्वाचन आचारसंहिता पालना सम्बन्धि छलफलपछि यस्तोे निर्णय गरिएको हो । दातृ निकायको सहयोगमा सञ्चालन भएका कतिपय कार्यक्रम स्थानिय निर्वाचनको मिति नजिकको अवधिमा सम्पन्न गर्नुपर्ने सम्झौता भएका कारण कार्यक्रम गर्नैपर्ने बाध्यता भएमा निर्वाचन आयोगसँग छलफल गरेर मात्र गर्ने सहमति भएको हो । आयोगसँगको समन्वयका लागि गैर सरकारी संस्थाहरुको छाता संगठनले पहल गर्ने र जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्ने भएका छन ।

आगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानिय तहको निर्वाचन आचारसंहितामा गैरसरकारी संस्थाहरुले नयाँ निति तथा कार्यक्रम ल्याउन नहुने, राजनितिज्ञबाट कुनै कार्यक्रमको उद्घाटन तथा शिलान्यास गराउन नहुने लगायतका बारेमा जिल्ला निर्वाचन अधिकृत सच्युतराज उप्रेतिले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानिय विकास अधिकारी शंकर नेपाल, राष्ट्रिय पुननिमार्ण प्राधिकरण उपक्षेत्रिय कार्यालय दोलखाका प्रमुख सागर आचार्य लगायतले सहि नियतले काम गर्न खोज्दा पनि कसैले पुर्वाग्रही ढंगले विवाद निम्त्याउन खोज्ने हुनाले त्यसतर्फ सचेत रहन जिल्लामा कार्यरत सबै गैरसरकारी संस्थाहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तान लगायत विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफूहरु निर्वाचन आचारसंहित पालना गरेर काम गर्न प्रतिबद्ध रहेको जनाएका थिए । निर्वाचन आचरसंहिता गत फागुन १८ गतेदेखि निर्वाचन आयोगले लागु गरेको छ ।

यस्तो छ आयोगले गैर सरकारी संस्थाहरुका लागि तोकेको आचारसंहिता ः



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई