ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाह"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा गैर सरकारी संघ संस्थाहरुले यसरी पालना गर्दैछन निर्वाचन आचारसंहिता

९ चैत्र २०७३, बुधबार ०३:०४

ताराबहादुर महत, चैत्र ९, दोलखा । दोलखामा कार्यरत गैर सरकारी संस्थाहरुले निर्वाचन आयोगको सहमति लिएर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने भएका छन । 

जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरु र सरकोरवाला निकायबिच मंगलबार भएको निर्वाचन आचारसंहिता पालना सम्बन्धि छलफलपछि यस्तोे निर्णय गरिएको हो । दातृ निकायको सहयोगमा सञ्चालन भएका कतिपय कार्यक्रम स्थानिय निर्वाचनको मिति नजिकको अवधिमा सम्पन्न गर्नुपर्ने सम्झौता भएका कारण कार्यक्रम गर्नैपर्ने बाध्यता भएमा निर्वाचन आयोगसँग छलफल गरेर मात्र गर्ने सहमति भएको हो । आयोगसँगको समन्वयका लागि गैर सरकारी संस्थाहरुको छाता संगठनले पहल गर्ने र जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्ने भएका छन ।

आगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानिय तहको निर्वाचन आचारसंहितामा गैरसरकारी संस्थाहरुले नयाँ निति तथा कार्यक्रम ल्याउन नहुने, राजनितिज्ञबाट कुनै कार्यक्रमको उद्घाटन तथा शिलान्यास गराउन नहुने लगायतका बारेमा जिल्ला निर्वाचन अधिकृत सच्युतराज उप्रेतिले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानिय विकास अधिकारी शंकर नेपाल, राष्ट्रिय पुननिमार्ण प्राधिकरण उपक्षेत्रिय कार्यालय दोलखाका प्रमुख सागर आचार्य लगायतले सहि नियतले काम गर्न खोज्दा पनि कसैले पुर्वाग्रही ढंगले विवाद निम्त्याउन खोज्ने हुनाले त्यसतर्फ सचेत रहन जिल्लामा कार्यरत सबै गैरसरकारी संस्थाहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तान लगायत विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफूहरु निर्वाचन आचारसंहित पालना गरेर काम गर्न प्रतिबद्ध रहेको जनाएका थिए । निर्वाचन आचरसंहिता गत फागुन १८ गतेदेखि निर्वाचन आयोगले लागु गरेको छ ।

यस्तो छ आयोगले गैर सरकारी संस्थाहरुका लागि तोकेको आचारसंहिता ः



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प