2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आनन्द बजारमा हराएको पेस्तोल भेटियो

चैत ९, भीमदत्तनगर । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । 

कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन केही दिन भेटिएको राससलाई जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो । 

कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमले सहादत प्राप्त गर्नुभएको थियो । सरकारले गौतमलाई सहिद घोषणा गर्नाका साथै रु १० लाख उहाँको परिवारलाई दिने घोषणा गरिसकेको छ । 

घटनामा स्थानीयवासी टीकाराम चापागाईँ गम्भीर घाइते भएका थिए । उहाँको उपचार जारी छ । आनन्द बजार भएर नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् । आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो