चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्य"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट, समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड

९ चैत्र २०७३, बुधबार ०८:५७

चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।  राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डको व्यवस्थासहितको विधेयक संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो । 

बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेपछि त्यसलाई समितिले अनुमोदन गरेको हो ।  

ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् । यस्तै कुनै पनि दल फुटेर नयाँ राजनीतिक दल बन्नका लागि ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन लिनु पर्ने भएको छ । दल सम्बन्धी विधेयकमा पार्टीका ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन नजुटेमा फुटेको दलले राजनीतिक दलको मान्यता नपाउने व्यवस्था गरिएको एमाले नेता तथा राज्य व्यवस्था समितिका सदस्य गंगालाल तुलाधरले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ