कृष्ण कँडेल/चैत ९, बागलुङ । निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको जुग्गाखोलामा राख्न सवै वडाका राजनितिक दलका प्रतिनिधि सहमत भएका छन् । 

सवैवडाका र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/चैत ९, बागलुङ । निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको जुग्गाखोलामा राख्न सवै वडाका राजनितिक दलका प्रतिनिधि सहमत भएका छन् । 

सवैवडाका र"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीखोला गाउँपालिकाको केन्द्र जुग्जाखोला राख्ने सहमती

२०७३, ९ चैत्र बुधबार १३:३३

कृष्ण कँडेल/चैत ९, बागलुङ । निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको जुग्गाखोलामा राख्न सवै वडाका राजनितिक दलका प्रतिनिधि सहमत भएका छन् । 

सवैवडाका राजनितिक दलका प्रतिनिधि, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत दिपक शर्मा सहितको बैठकले निसीखोला गाउँपालिकाको वडा नम्बर–२ मा पर्ने जुग्जाखोलामा केन्द्र राख्ने लिखित सहमती भएको हो । नेपाल सरकारले राजपत्रमा प्रकाशन गर्दा गाउँपालिकाको केन्द्र वडा नम्बर–१ साविक देविस्थान गाविसको कार्यालय भएको स्थान रहने भनिएपछि निसी र बोहरागाउँका राजनितिक दलले आफुहरुलाई पायक नपर्ने भन्दै सच्याउन माग गर्दै आएका थिए । 

आजको सर्बदलिय बैठकमा देविस्थान र राजकुतका प्रतिनिधिले पुर्बसहमती अनुसार साबिक देविस्थान गाविसको उपयुक्त ठाउँमा सहमतीका अधारमा केन्द्र राख्न तयार भएका थिए । नेपाली कँग्रशका जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले गाउँपालिकाको केन्द्र देविस्थानको कुनै भुभागमा राख्न आफुहरु सहमत भएको प्रतिक्रिया दिनुभयो । 

नेपाली काँग्रश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधि सहितको बैठकले देविस्थाको जुग्जाखोला वरपारको उपयुक्त ठाउँमा केन्द्र राख्ने निर्णय गरेको निमित्त कार्यकारी अधिकृत दिपक शर्माले जानकारी दिनुभयो । 

राजनितिक दलका प्रतिनिधि र गाउँपालिका कार्यालय सहितको संयुक्त टोलीले भोली स्थलगत अवलोकन गरि कार्यालय राख्ने स्थानको टुङ्गा लागाउने सहमती भएको छ । 

कार्यालय राख्ने स्थानको अन्तिम टुङ्गा भएपछि तत्काल गाउँपालिकाको कार्यालय सुभारम्भ गरिने माओवादी केन्द्र बोहरागाउँका उमानन्द रेग्मीले जानकारी दिनुभयो । 

यसअघि जिल्ला प्राबिधिक समितिले गरेको प्रश्ताबमो झिवाखोलामा केन्द्र रहने उल्लेख थियो । झिवाखोला केन्द्र राखिए देविस्थान र राजकुतलाई अपायक पर्ने भन्दै साबिक दुबै गाविसका अगुवाले झिवाखोला केन्द्र मान्न नसकिने भन्दै त्यतिबेलाको प्रश्ताबित ढोरपाटन नगरपालिकामा जाने अडान राखेका थिए । 

दुई गाविसको अडानपछि जुनसुकै अबस्थामा निसीखोला गाउँपालिका बनाउनुपर्ने भन्दै देविस्थानको खाडु केन्द्र राख्ने कुरामा निसी र बोहरागाउँका अगुवाले सहमती जनाएका थिए । 

स्थानिय तहको संख्या तथा सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिबेदन बुझाएपछि राजपत्रमा प्रकाशित हुँदा अहिलेलाई गाउँपालिकाको केन्द्र साबिक देविस्थान गाविसको कार्यालय रहेको ठाउँ देविस्थान बजार रहने भएपछि बिरोध सुरु भएको थियो । 

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले तयार गरेको स्थानिय तहको कार्यान्वयका लागि जारी गरिएको आदेशमा स्थानिय तहको केन्द्र तोक्ने अधिकार स्थानिय सभालाई रहने उल्लेख गरिएको छ । स्थानिय निर्वाचनपछि बन्ने जनप्रतिनिधि रहेको गाउँसभाको बहुमतको निर्णयले केन्द्र तोक्नका लागि केन्द्रमा सिफारिस गर्न सक्ने र त्यो निर्णय राजपत्रमा प्रकाशन भएपछि लागु गर्न सकिने उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली