कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पानीमा राजनीति नगरौं: सांसद पुन

१० चैत्र २०७३, बिहीबार ०७:०५

कविता उपाध्याय/चैत १०, रोल्पा । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले पानीमा राजनीति नगर्न एक कार्यक्रमका सहभागिहरुलाई अनुरोध गर्नुभएको छ । 

जिल्लामा पानीको श्रोत धेरै भएतापनि एक गाउँले अर्काेगाउँलाई, एक व्यक्तिले अर्काे व्यक्तिलाई दिन नमान्ने प्रवृत्तिले पानीको पहुँचबाट मानिसहरु टाढा हुने गरेको उहाँले बताउनु भयो । 

फोहोर पानीको शुद्धिकरण, पुनः प्रयोग र गुणस्तरमा सुधार, हामी सबैको सरोकार भन्ने नाराका साथ बुधबार लिबाङमा सम्पन्न २५ औं विश्व पानी दिवसका अवसरमा उहाँले यस्तो बताउनु भएको हो । 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति रोल्पाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद पुनले अब बन्ने पानीका योजनाहरु मार्फत पानीका ट्यांकीहरुमा तथा मुहानहरुमा पानी शुद्धिकरणका लागि मेसिनहरु राख्नुपर्ने तथा  पानीको शुद्धिकरणमा सबैले जोड दिनुपर्ने, योजना सम्बन्धी समस्याहरुलाई सबैले मिलेर हल गर्नुपर्ने साथै जीवनको महत्वपूर्ण अंश पानी भएकोले पानीको सही सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका जिल्ला  परियोजना अधिकृत भोलानाथ आचार्यले पानी शुद्धिकरणकका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत सहभागीहरुले शुद्ध पानीका विषयमा टिप्पनी गरेको जिल्ला समन्वय समितिका वास फोकलपर्सन दामोदरप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति रोल्पाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत जीतबहादुर रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य