2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चुनावको तिव्र तयारीमा डडेल्धुरा निर्वाचन कार्यालय

चैत १०, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । 

डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी गराउनुभयो । 

जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले डडेल्धुरामा ७७ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ, भने निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको छ । 

डडेल्धुरामा १३ राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत नायकले जनाउनुभएको छ । 

डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ७६ हजार मतदाता रहेको जनाइएको छ । जिल्लामा ७६ हजार ९८८ मतदाता रहेको भए पनि निर्वाचन आयोगबाट अन्तिम नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा रणनीति बनाइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो । 

जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर सदरमुकामदेखि गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् । करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक