२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्थानिय निर्वाचनको तिव्र तयारीमा निर्वाचन कार्यालय बझाङ

२०७३, १० चैत्र बिहीबार ११:३८

सम्राट सिंह/चैत १०, बझाङ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बझाङले सबै किसिमका तयारी तीव्र पारेको छ । 

निर्वाचन कार्यालय बझाङले मतदाता नामावली अद्यावधिक गर्ने, दल दर्ता तथा मतदानस्थल निर्धारण गर्ने जस्ता कार्य तीब्र रुपमा सम्पन्न गरेको हो । जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले १ सय २५ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको जिल्ला निर्वाचन अधिकृत धुब्र भण्डारी ले बताए । निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको र निर्वाचन शिक्षा एवं मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने उनको भनाई छ । 

बझाङमा १२ राजनीतिक दल दर्ता भएको र झण्डै ९७ हजार मतदाता रहेको र अन्तिम मतदाता नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई नगरपालिका र दश वटा गाउँपालिका रहेका छन । 

करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचन पश्चात् विकासले गति लिने समेत आम बझाङ्गी जनतामा  विश्वास छाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी केशव थापाले बताए । 

स्थानिय निर्वाचन नजिकिदै गर्दा जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर नगरपालिका हुँदै गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ