१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे

११ चैत्र २०७३, शुक्रबार ०५:५९

सुशीला रेग्मी/चैत ११, पाल्पा । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी)का नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् । लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेकपा (एमाले)का जिल्ला सदस्य कमल पौडेलले बताउनुभयो । 

संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु भनेको जनताप्रतिको बेइमानी हुनेछ सदस्य पौडेलले बताउनुभएको छ । 

एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् । 

यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् । जनयुद्धदेखि हालसम्मको अवस्थामा आइपुग्दा पार्टीका कार्यकर्ताले खेलेको भूमिकालाई उच्च मूल्याङ्कनकै आधारमा निर्वाचनमा टिकट दिइने एनेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य प्रेम सागर शाही बताउनुहुन्छ । 

नेकपा (एमाले)ले पनि तेस्रो चरणको कार्यक्रम बनाएर कार्यकर्ताको घरदैलोमा जाँदैछ । कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरिनेछ, पार्टीका जिम्मेवार एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा राससलाई बताउनुभयो । “पार्टीमा अहिले मत मतान्तर छैन, हामी गुट, समूहभन्दा पनि सिङ्गो पार्टी भनेर लागेका छौँ”, उहाँले भन्नुभयो । 

मुख्य ठूलो दल नेपाली काँग्रेसको दोस्रो चरणको कार्यक्रम सकिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति सन्तोष थापाले बताउनुभयो । गाउँपालिका भइसकेपछि पनि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला सम्पन्न भइसकेको छ । 

त्यसअलावा पार्टीका जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित नै छन् । संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरणको कार्यक्रम सकिएको नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द