पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी था"/>
२२ मंसिर २०८२, आईतवार
पर्बत - PBT

पर्वतमा अर्को कृतिमानी अग्लो पुल बन्ने

११ चैत्र २०७३, शुक्रबार ०६:३६

पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदिमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनुमान गरिएको छ ।

२ करोड २० लाखको अनुमानित लागतमा उक्त पुलको निर्माण कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिव बरालले बताए ।  झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इन्टिमेट सहितको डिटेल सर्भे सकिएको छ उनले साझा सवालसँग भने ।


स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले उक्त सर्भेको रिपोट जिल्ला प्राविधिक कार्यालयमा उपलब्ध गराएको छ । उक्त रिर्पोटलाई ट्रेल व्रिज सर्पोट युनिटको अन्तर्गतको आरटिएपिले प्रमाणित गरेपछि पुल निर्माणको प्रक्रिया थप अगाडि बढ्ने छ । पुलको निर्माणसँगै पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।

 

यो झोलुंग पुलको निर्माणसंगै कुश्मामा चार वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेछन् । यस अघि कुश्मा ज्ञादी झोलुंगे पुल, बडागाँउ–कैया झोलुंगे पुल र कुश्मा–मुडिकुवा झोलुंगे पुल सञ्चालनमा आइसकेका छन्  । पर्यटकीय क्षेत्रका रुपमा विकसीत हुदै गएको कुश्मा बजारमा बन्जिजपको लागि कालीगण्डकी नदीमाथि पुल निर्माण कार्य भैराखेको छ । जेठ महिनाभित्र उक्त पुल सम्पन्न भए जिल्लामा पर्यटकले खचाखच भरिने विश्वास लिइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य