चैत ११, रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । 

शुक्रबार रोल्पाको सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ११, रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । 

शुक्रबार रोल्पाको सद"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा पुगेर अर्थमन्त्रीले भने- ‘कुनै पनि बहानामा निर्वाचन सर्दैन’

११ चैत्र २०७३, शुक्रबार ०७:४२


चैत ११, रोल्पा । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । 

शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने- ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन ।’ 

उपप्रधानमन्त्री महराले मधेस केन्द्रित दल पनि सहमति नजिक आइसकेको बताउँदै “सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधन गर्ने विषयमा मोर्चा सकारात्मक देखिएका छन् भने सीमाङ्कनको विषय थाति राखेर अगाडि बढ्ने कुरामा नेकपा एमाले पनि सहमत भएको छ ।” 

“राजनीतिक गाँठो पनि क्रमशः फुकिँदै छ, जनताको ठूलो हिस्सा निर्वाचनलाई महोत्सवको रुपमा स्वागत गर्न आतुर छन्, यस्तो अवस्थामा निर्वाचन कसरी रोकिन्छ, ? ” उनले भने- मोर्चासँग निकट भविष्यमा हुने सहमतिपछि मुलुकमा निर्वाचनको माहोल बन्छ । 

उपप्रधानमन्त्री महराले स्थानीय तहको संरचना कार्यान्वयनलाई इतिहासकै ठूलो उपलब्धि भएको बताउँदै स्थानीय तहको केन्द्रका बारे सानातिना विवाद आए पनि आपसी सहमतिमा त्यसलाई समाधान गरिने उल्लेख गरे । 

सिंहदरबारमा भएको अधिकार गाउँ/गाउँसम्म पुग्ने गरी राज्य पुनःसंरचना हुनु नेपालको इतिहासमा चानचुने विषय होइन, उनले भने-“आगामी वर्षको बजेट सङ्घीय वित्तीय व्यवस्था अनुसार विनियोजन हुन्छ ।” 

उपप्रधानमन्त्री महराले “तयारी अभावका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै विषयमा लिखित सम्झौता नभए पनि सबै विषयमा द्विपक्षीय कुराकानी हुने बताउँदै विशेषगरी वन वेल्ट वन रोड, केरुङ काठमाडौँ रेलमार्ग विस्तार, विशेष आर्थिक क्षेत्र, तेल भण्डारण तथा ऊर्जासँग सम्बन्धित विषयमा नेतृत्व तहमा द्विपक्षीय कुराकानी हुने र त्यसै आधारमा निकट भविष्यमा सो सम्बन्धी सम्झौता हुनेछ ।” 

प्रधानमन्त्री दाहाल र चिनियाँ उच्च व्यक्तिसँग राजनीतिक, कुटनीतिक र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी दिदैं उहाँले मर्यादाक्रमको विषयलाई लिएर उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीच देखिएको समान्य विवाद केहि दिनमै स्वतः व्यवस्थापन हुने बताए । 

रोल्पामा गैर कानुनी बाटोबाट विकास निर्माणका लागि बजेट आएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्री महराले भने— “राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको योजनामा मात्र बजेट विनियोजन भएको छ ”। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य