चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा फुच्चे हात्तीको आतङ्क, नियन्त्रण गर्न करोडबढी खर्च गर्दै सरकार

२०७३, ११ चैत्र शुक्रबार ०९:०४

चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ । 

पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो ।

आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ ।

चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्का भन्नुहुन्छ “हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ । 

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि देशभर वन्यजन्तु र मानवबिच द्वन्द्व बढ्दै गएको छ । 

बर्दियामा फुच्चे हात्तीको आतङ्क 

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बढेको छ । समूहमा आउने जङ्गली हात्तीबाहेक एक्लै हिँड्ने ‘फुच्चे भाले’ हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष ६ जनाको ज्यान जानुका साथै चारजना घाइते भएका छन् । 

हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा २२ बिगाहा जमिनको खेतीबाली नष्ट हुनुका साथै ४०० घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । 

समूहमा बस्ने अरु हात्तीसँग हारेपछि ‘फुच्चे भाले’ हात्ती मात्तिएर रिस फेर्न बस्ती आक्रमणमा देखिएको प्रमुख संरक्षण अधिकृत थापाको जिकिर छ । निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ ।

बर्दिया निकुञ्जमा करिब एकसयको सङ्ख्यामा जङ्गली हात्ती रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही पाँच लाख राहत र ३० हजार रुपैयाँ किरियाखर्च प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला