चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा फुच्चे हात्तीको आतङ्क, नियन्त्रण गर्न करोडबढी खर्च गर्दै सरकार

११ चैत्र २०७३, शुक्रबार ०९:०४

चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ । 

पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो ।

आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ ।

चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्का भन्नुहुन्छ “हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ । 

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि देशभर वन्यजन्तु र मानवबिच द्वन्द्व बढ्दै गएको छ । 

बर्दियामा फुच्चे हात्तीको आतङ्क 

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बढेको छ । समूहमा आउने जङ्गली हात्तीबाहेक एक्लै हिँड्ने ‘फुच्चे भाले’ हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष ६ जनाको ज्यान जानुका साथै चारजना घाइते भएका छन् । 

हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा २२ बिगाहा जमिनको खेतीबाली नष्ट हुनुका साथै ४०० घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । 

समूहमा बस्ने अरु हात्तीसँग हारेपछि ‘फुच्चे भाले’ हात्ती मात्तिएर रिस फेर्न बस्ती आक्रमणमा देखिएको प्रमुख संरक्षण अधिकृत थापाको जिकिर छ । निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ ।

बर्दिया निकुञ्जमा करिब एकसयको सङ्ख्यामा जङ्गली हात्ती रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही पाँच लाख राहत र ३० हजार रुपैयाँ किरियाखर्च प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य