पर्वत । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

2026-07-24 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे


पर्वत । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।


दुई नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी केन्द्रका नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पस्न थालेका छन् ।जिल्लामा स्थानीय तहको चुनावमा कसले जित्छ भन्ने विषयले निकै चर्चा पाउन थालेको छ । चिया गफ देखि लिएर गल्लीगल्लीमा स्थानीय तह पुर्नसंरचना अनुसार नगर तथा गाउँपालिकामा कसले जित्छ र कोको प्रमुखका रुपमा उत्रिन्छ भन्ने विषयले चर्चा लिन थालेको छ ।


लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेकपा माओवादी केन्द्र मोदी गाउँपालिकाका मनबहादुर पौडेलले भने । 


स्थानीय तहको मेयरका सम्भावित उम्मेदवारका रुपमा रहेका उनले चुनावलाई लक्षित गरी मोदी गाउँपालिका अन्तरगत माओवादी केन्द्रको गाउँपालिका स्तरीय समिति गठन गरेको समेत उनले बताए । 


संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु भनेको जनताप्रतिको बेइमानी हुनेछ पौडले भने । पार्टीले कसलाई उम्मेदवारको टिकट दिन्छ त्यो आन्तरिक छलफल हुदैछ तर पनि हामी गाउँपालिकामा अभियान चलाइरहेको छौ उनले भने । गाउँपालिकालाई मजबुत बनाउनको लागि अभियान चलाएको बताए ।


एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान  सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् ।


जिल्लामा नेका, एमाले, माओवादी भित्र यस विषयमा बहस पनि शुरु भैसकेको छ । दलहरुले आआफ्नो धारणा बाहिर नल्याएता पनि आन्तरिक रुपमा भने कसलाई टिकट दिने भन्ने विषयमा बृहत छलफल तथा गाउँ जागरण अभियानलाई तिब्र पारेका छन् । 

यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् ।


जनयुद्धदेखि हालसम्मको अवस्थामा आइपुग्दा पार्टीका कार्यकर्ताले खेलेको भूमिकालाई उच्च मूल्याङ्कनकै आधारमा निर्वाचनमा टिकट दिइने एनेकपा (माओवादी केन्द्र)ले धारणा बनाएको छ ।नेकपा (एमाले)ले पनि तेस्रो चरणको कार्यक्रम बनाएर ार्यकर्ताको घरदैलोमा जाँदैछ । कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गर्ने भएको छ । 


एमालले उम्मेदबारको लागि हद तोकेर पुरानालाई प्रथाकिता दिने कुरा बाहिर आएपछि जिल्लामा एमालेमा लागेका युवाहरुबाट त्यसको विरोध हुन थालेको छ । 


सामाजिक संजाललमा  पार्टीको आगमी स्थानीय हतको चुनावको लागि जिम्मेवारी तोक्नेका लागि हद तोक्नु र त्यसमा पुरानै अनुहार र उमेर ढल्लकेका पर्ने सम्भावना देखेपछि युवापुस्ताले सामाजिक संजालमा आक्रोश पोख्न थालेका छन् । उसो त पार्टीमा अहिले मत मतान्तर देखिएको छ । गुट र उपगुटले पनि छनोटमा प्रभाव पार्ने     देखिन्छ ।


मुख्य ठूलो दल नेपाली काँग्रेसको पनि जिल्लामा शसक्त उम्मेदवार उडाउने देखिएको छ  । लगातार संसदीय चुनावमा विजय हासिल गर्दै आएको काँग्रेसले स्थानीय तहका चुनावमा युवालाई भन्दा पनि बुढापाका र पुरानै अनुहारलाई दिने पक्का देखिएको छ ।


यस अलावा पार्टीका जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित नै छन् । संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरण अभियानमा काँग्रेस सांसददेखि लागी परेको अबस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक