पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ल"/>
२०८२, ४ फाल्गुन सोमबार
पर्बत - PBT

अफवाह फैलाउने प्रति अखण्ड नेपालको आपत्ति

२०७३, १२ चैत्र शनिबार १३:०१

पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ला पिटिएको भन्दै आपत्ती जनाइएको हो । 

प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदै जिल्ला अध्यक्ष यूवनाथ गौँेडेल रेग्मीले पार्टिवाट कारवाहीमा परेका केहि र केन्द्रिय सदस्य रहेका नरवहादुर कार्कि एमालेमा प्रवेश भएको जानकारी गराउनुभएको छ । तर एमालेले भने सिँगो पार्टि एमालेमा विलय भनेर कपोलकल्पित भ्रम फैलाएको गौँडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

Image may contain: text

 अखण्ड नेपाल पर्वतको जिल्ला कार्यसमितिका अध्यक्ष नरवहादुर कार्कि भनेर केहि सञ्चारमाध्यममा समाचार प्रसारण गराइएको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।

 पार्टिले यहि २०७३ माघ २६ गते केन्द्रिय कार्यसमितिले यूवनाथ गौँडेल रेग्मीलाई अध्यक्षमा मनोनयन गरिसकेको पनि विज्ञप्तीमा उल्लेख छ । पार्टि अध्यक्षले नै विज्ञप्ती निकालेर पार्टि एकढिक्का रहेको दावी गरेपछि अखण्ड नेपाल पार्टि एमालेमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको छ । यता आर्थर डाँडाखर्कका काँग्रेस कार्यकर्ता भनिएका धनवहादुर क्षेत्री पनि काँग्रेस कार्यकर्ता नभएको पुष्टि भएको छ ।

 नेपाली काँग्रेस आर्थरका सभापति रुद्रवहादुर रिमालले धनवहादुर क्षेत्रीले काँग्रेसको साधारण सदस्य पनि नलिएको र पार्टिमा समेत उनको कुनै भुमिका नरहेको जानकारी दिनुभयो । एमाले पार्टिले प्रवेश नै नगरेका व्याक्तिको समेत नाम उच्चारण गरेर प्रवेश गराइएको प्रचार गरेको भन्दै जनस्तरवाटै आलोचनाका स्वर सुनिन थालेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ