प्रज्वल पाैडेल/चैत १२,काठमाडौं । राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/चैत १२,काठमाडौं । राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबा"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्न राज्यलक्ष्मी क्याम्पसमा चैत १५ गते स्ववियु निर्वाचन हुने

१२ चैत्र २०७३, शनिबार १५:२७

प्रज्वल पाैडेल/चैत १२,काठमाडौं ।

राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबार हुने भएकाे छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसले मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पुर्वप्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका विद्यार्थीहरूलाई मतदान कार्यक्रममा सहभागी हुन अाग्रह गर्दै शनिबार सूचना जारी गरेकाे हाे ।

पूर्व तालिकाअनुसार २०७३ फाल्गुन २३ गतेका दिन कारणबस हुन नसकेकोमा सम्मानित सर्वाेच्च अदालते चैत २ गते निर्वाचन सम्बन्धि बाँकी काम सम्पन्न गर्नु गराउनु हुन भनी क्याम्पसकाे नाममा अन्तरिम अादेश जारी गरेकाे थियाे । साेहि अादेश नेपालकाे संविधान २०७२ बमोजिम कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी भएकाले नयाँ मिति घाेषणा गरिएको क्याम्पसले जनाएको छ ।


अार.अार. क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेपछि साेहि मुद्दामा सर्वाेच्च अदातलका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्वाचन गराउन आदेश दिएकाे थियाे ।

साेहि अादेशपछि क्याम्पस प्रशासनले उक्त सूचना जारी गरी स्ववियु निर्वाचन गराउन लागेको हो ।

यस अघि मतदान गर्न ताेकिएकाे फागुन २३ गते विहानैबाट क्याम्पस प्रशासनलाई जानकारी नदिई माथीकाे अादेश भन्दै प्रहरीले क्याम्पसमा ताला लगाई क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक,कर्मचारी विद्यार्थीलाई क्याम्पस प्रवेशमा राेक लगाएपछि क्याम्पसमा विवाद सिर्जना भएकाे थियाे ।

साे दिन स्ववियुका लागि मतदान गर्न विद्यार्थी बिहान करिब ५:३० बाट लाईनमा बसेपनि निर्वाचनकाे कार्यलाई अगाडि बढाउन नदिई गृह प्रशासनले हस्तक्षेप गरेर क्याम्पस कब्जामा लिएकाे थियाे । विद्यार्थीहरू मतदान गर्न नपाएपछि सडकमा नै नाराबाजी र नाचगान गरेर दिनभरि बिताएका थिए ।

क्याम्पस गृह प्रशासनले कब्जा गरेपछि अखिलले मतदान गर्न पाउनु पर्ने नारा लगाएकाे र अन्य केही विद्यार्थी संगठनले मतदान गर्न नहुने भन्दै नाराबाजी समेत गरेका थिए । निर्वाचनमा भाग लिन यस अगाडि नेपाल विद्यार्थी संघ बाहेक अन्य संगठनले मनाेनयन /उम्मेदवार दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश