प्रज्वल पाैडेल/चैत १२,काठमाडौं । राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/चैत १२,काठमाडौं । राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबा"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्न राज्यलक्ष्मी क्याम्पसमा चैत १५ गते स्ववियु निर्वाचन हुने

२०७३, १२ चैत्र शनिबार १५:२७

प्रज्वल पाैडेल/चैत १२,काठमाडौं ।

राजधानीस्थित प्रदर्शनीमार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन चैत १५ गते मंगलबार हुने भएकाे छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसले मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पुर्वप्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका विद्यार्थीहरूलाई मतदान कार्यक्रममा सहभागी हुन अाग्रह गर्दै शनिबार सूचना जारी गरेकाे हाे ।

पूर्व तालिकाअनुसार २०७३ फाल्गुन २३ गतेका दिन कारणबस हुन नसकेकोमा सम्मानित सर्वाेच्च अदालते चैत २ गते निर्वाचन सम्बन्धि बाँकी काम सम्पन्न गर्नु गराउनु हुन भनी क्याम्पसकाे नाममा अन्तरिम अादेश जारी गरेकाे थियाे । साेहि अादेश नेपालकाे संविधान २०७२ बमोजिम कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी भएकाले नयाँ मिति घाेषणा गरिएको क्याम्पसले जनाएको छ ।


अार.अार. क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेपछि साेहि मुद्दामा सर्वाेच्च अदातलका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्वाचन गराउन आदेश दिएकाे थियाे ।

साेहि अादेशपछि क्याम्पस प्रशासनले उक्त सूचना जारी गरी स्ववियु निर्वाचन गराउन लागेको हो ।

यस अघि मतदान गर्न ताेकिएकाे फागुन २३ गते विहानैबाट क्याम्पस प्रशासनलाई जानकारी नदिई माथीकाे अादेश भन्दै प्रहरीले क्याम्पसमा ताला लगाई क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक,कर्मचारी विद्यार्थीलाई क्याम्पस प्रवेशमा राेक लगाएपछि क्याम्पसमा विवाद सिर्जना भएकाे थियाे ।

साे दिन स्ववियुका लागि मतदान गर्न विद्यार्थी बिहान करिब ५:३० बाट लाईनमा बसेपनि निर्वाचनकाे कार्यलाई अगाडि बढाउन नदिई गृह प्रशासनले हस्तक्षेप गरेर क्याम्पस कब्जामा लिएकाे थियाे । विद्यार्थीहरू मतदान गर्न नपाएपछि सडकमा नै नाराबाजी र नाचगान गरेर दिनभरि बिताएका थिए ।

क्याम्पस गृह प्रशासनले कब्जा गरेपछि अखिलले मतदान गर्न पाउनु पर्ने नारा लगाएकाे र अन्य केही विद्यार्थी संगठनले मतदान गर्न नहुने भन्दै नाराबाजी समेत गरेका थिए । निर्वाचनमा भाग लिन यस अगाडि नेपाल विद्यार्थी संघ बाहेक अन्य संगठनले मनाेनयन /उम्मेदवार दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ