चैत १३, काठमाडौं । माओवादी दस वर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ नेपाली कांग्रेसका लागि २६ वर्षसम्म विरानो बन्यो । 

संसदीय पद्धति अंगाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, काठमाडौं । माओवादी दस वर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ नेपाली कांग्रेसका लागि २६ वर्षसम्म विरानो बन्यो । 

संसदीय पद्धति अंगाले"/>

2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनयुद्धको राजधानी थवाङमा २६ वर्षपछि पस्यो कांग्रेस


चैत १३, काठमाडौं । माओवादी दस वर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ नेपाली कांग्रेसका लागि २६ वर्षसम्म विरानो बन्यो । 

संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन । फलस्वरुप थवाङमा कांग्रेसले पार्टीगत गतिविधि गर्नै पाएन । तर, अहिले परिस्थिति फेरिएको छ । २६ वर्षसम्म थवाङ पस्न नसकेको कांग्रेस चैत ५ गते त्यहाँ पुगेको छ ।

कांग्रेस नेतालाई थवाङीले फूलमाला, बाजागाजासहित भव्य स्वागत गरे । रोल्पा कांग्रेसले जिल्ला कार्यसमितिको बैठक थवाङमा राखेको थियो ।

‘हामी २६ वर्षपछि थवाङ पुग्यौं, ’ पार्टी जिल्ला समितिको बैठकका लािग थवाङ पुगेकी कांग्रेस नेतृ श्रीकुमारी रोका भन्छिन, ‘त्यहाँ फूलमाला, बाजागाजासहित भव्य स्वागत पाउँदा खुशीले मन भरियो ।’ कांग्रेस नेताले थवाङीसँग साक्षात्कार गरे । 

‘त्यहाँका नागरिकसँग भलाकुसारी गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘सबैले विकास निर्माणमा चासो दिनुभयो ।’२०४६ सालको राजनीतिक परिवर्तनपछि थवाङ कांग्रेसलगायत दलका गतिविधिलाई ‘निषेध’ गरिएको थियो । लामो समयसम्म थवाङमा प्रवेश नपाएको अर्को दल एमालेले पनि त्यहाँ गाउँ कमिटी नै निर्माण गरेको छ ।

तत्कालीन एकीकृत नेकपा माओवादी (हाल माओवादी केन्द्र) प्रतिको असन्तुष्टिले पछिल्लो संविधानसभा निर्वाचनमा शून्य मतदानको अवस्थामा पुगेको थवाङमा अहिले माओवादी केन्द्रप्रतिको वैमनश्यता पनि हटिसकेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई