पढ्न करिब 1 मिनेट लाग्छ

चैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ ।

सदरमुकाम मन्थलीमा शनिबार आयोजित नगर भेलाले मन्थली नगरपालिका वडा नं. १ को अध्यक्ष पदको लागि नारायणदाश श्रेष्ठको उम्मेदवारी घोषणा गरेको हो । श्रेष्ठको उम्मेदारी घोषणासँगै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार घोषणा गर्ने रामेछापमा माओवादी केन्द्र पहिलो पार्टी बनेको छ ।

स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लामा अहिलेसम्म कुनै पार्टीले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी घोषणापछि माओवादी केन्द्रले मन्थलीमा र्याली समेत निकालेको थियो ।-पत्रकार सुमित श्रेष्ठबाट