मोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् । "/>

१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिम्मिटको प्राविधिक सहयोगले नवलपरासीका किसान खुशी (फोटोफिचर)

१५ चैत्र २०७३, मंगलवार ०९:५१


मोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् । 

जिल्लामा कार्यकरत सिम्मिट ईन्टरनेसनल नामक गैरसरकारी संस्थाले खेतीपातीका लागि किसानहरुलाई प्राविधिक क्षेत्रमा सहयोग गरेसँगै अहिले उनिहरु प्राविधिक कृषि तर्फ होमिदै गएका छन् ।


परम्परागत रुपमा खेति गर्दा सिँचाईमा समस्या , खर्च धेरै लाग्ने , समय धेरै खपत हुने तर खेति योग्य जमिनमा पनि कम उब्जाउ हुने गरेको र दैनिक गुजारा चलाउँन समेत कठिनाई हुने गरेको उनिहरुको भनाई छ । तर अहिले प्राविधिक कृषि तर्फ लागेका किसानहरुको खर्च कम हुने, बैज्ञानिक तरिकाले माटोको उर्बराशक्ति पनि ह्रास नहुने भएकाले आफुहरु प्राविधिक कृषिवाट लाभान्वित भएको रामग्राम पटखौलीका अर्जुन चौधरीले बताउनु भयो । 

जिल्ला कृषि बिकास कार्यालय नवलपरासीको सहकार्यमा जिल्लाका बिभिन्न क्षेत्रका किसानहरुलाई लाभान्वित बनाएको सिम्मिट संस्थाको प्राविधिक सहयोगमा जिल्लामा ७ हजार हेक्टर क्षेत्रफलमा गँहु खेती र ५ हेक्टर क्षेत्रफलमा मक्कै खेती गरिएको सिम्मिट संस्थाका कार्यक्रम संयोजक सालिन आचार्यले जानकारी दिनुभयो । 


सिम्मिटको प्राविधिक सहयोगमा गरिएको गँहु तथा मक्कै खेतीको जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि बिकास अधिकृतको उपस्थिीतीमा अनुगमन समेत गरीएको छ । अनुगमनको क्रममा रामग्राम नगरपालिकाको पटखौली र बर्दघाट नगरपालिका, साविकको जहदा गाविस स्थित धनेवामा मेसिनद्धारा छरेर गरिएको मक्कै खेतीको अुनगमन गरीएको थियो । सो क्रममा सिम्मिटको प्राविधिक सहयोग मार्फत करिब १ बिगहामा मक्कै खेती गर्दै आएका किसान खुमानन्द पन्तले मात्र ३५ हजारको खर्चमा करिब १ लाख २० हजार आम्दानी गर्दै आएको बताउनु भयो । 


सिम्मिटको प्राविधिक सहयोगमा किसानहरुको सफलता देखेपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनरायण गैरेले सिम्मिटले आफ्नो सेवा बिस्तार गरि अन्य क्षेत्रका किसानहरुलाई समेत सेवा दिनुपर्ने धारणा राख्नु भयो । 

हाल रुपन्देहीको भैरहंवामा कार्यालय स्थापना गरि नवलपरासी, रुपन्देही र कपिलबस्तुका किसानहरुलाई प्राविधिक सेवा दिदै आएको संस्थाले ति जिल्लाका कृषि बिकास कार्यालयको सहयोगमा बिभिन्न प्राविधिक सेवा, कृषकलाई तालिम, कृषक भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गरी किसानहरुलाई प्राविधिक कृषि तर्फ आकर्षित गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित