२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

१५ चैत्र २०७३, मंगलवार १४:५७

मोहम्मद ईजहार शेष/चैत १५, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा राख्नु भएको छ । 

दोस्रो संविधान सभाको चुनावमा तिवारी नवलपरासी क्षेत्र नम्बर ४ मा नेता कण्डेल बिरुद्धनै बागी उम्मेदवारी दिएका थिए भने राधेश्याम पाठकले निर्वाचन क्षेत्र नम्बर ५ मा बागि उम्मेदवारी दिएका थिए ।

अहिले तिवारी र पाठक गल्ती स्विकार गरी पार्टिमा दृढताका साथ काम गर्न आग्रह गरेकाले उनिहरुको कारवाही फुकुवाको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिफरिस गरेको उँहाले जानकारी दिनुभयो । 

कांग्रेसको हिजोवाट सुरु भएको केन्द्रिय कार्य समितिको बैठकमा आफनो धारणा राख्ने क्रममा नेता कण्डेलले मधेसी मोर्चाले उठाएको मांगको सम्बोधनका लागि कांग्रेसले अझै बलका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ । 

नेता कण्डेलले कार्यपालिका र न्यापालिका बिच को सम्बन्ध, स्थानीय निकाय को सीमान्कन मा भएको धाधली, गाउँपालिका/नगरपालिका को उम्मेदवार को मापदण्ड, पदाधिकारी को पुर्णता, भारतीय सिमा मा भारतीय रुपैया को सटही सुबिधा, चर्को ब्याज र रास्ट्रबैक बाट बैक लगानी मा लगाईएको नियन्त्रण लगायतका बिषयमा आफनो धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने