पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति ग"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावलाई लक्षित गरी कार्कीनेटामा माओवादी केन्द्र गठन

१६ चैत्र २०७३, बुधबार ०५:३१

पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति गठन गरीएको हो । जसको उपाध्यक्षमा तीर्थ प्रसाद शर्मा, सचिवमा तिलकराम पौडेल, कोषाध्यक्षमा शिलमाया विक र सहसचिवमा कृष्ण प्रसाद शर्मा रहेका छन् । 

त्यस्तै वडा कार्यसमितिको सदस्यहरुमा क्रमश दुर्गालाल सुनार, लिलादेवी विक, जमुना विक, देवीलाल विक, अम्बी सुनार, मञ्जु सुनार रहेका छन् । त्यस्तै सिता पौडेल, जुना क्षेत्री, ससी सुनार, तिलकराम सुनार, गंगालाल सुनार, हर्क बहादुर सुनार, रामचन्द्र सुनार, सरिता विक,टिकाराम पाध्या, शालिग्राम शर्मा र धनप्रसाद शर्मा रहेका छन् ।

साविक गाविस स्तरीय भेलाले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी सो समिति गठन गरेको हो । सोही भेलाले पिताम्बर सुनारको संयोजत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा विश्वप्रसाद पाध्याय, दुर्गालाल सुनार, कल्पना विश्वकर्मा रहेका छन् ।

त्यस्तै सोही भेलाले लिलादेवी विकको नेतृत्वमा  ११ सदस्यीय अखिल महिला संघको गठन गरेको छ । त्यस्तै हर्क बहादुर सुनारको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको समेत गठन गरिएको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं फलेवास नगरपालिकाका इन्चार्ज प्रेम रानाको आथित्यतामा भएको कार्यक्रममा बोल्दै रानाले स्थानीय हतमा माओवादीलाई विजय गराउनको लागि लाग्नुपर्नेमा जोड दिए । उनले नेकपा माओवादीले नेपाली जनताको अधिकार स्थापित गर्नको लागि गरेको १० बर्षे जनयुद्ध त्यसपछिका आन्दोलनका उपलब्धी, शहिद, वेपत्ताका सपना साकार पार्ने बेला आएको भन्दै त्यसमा जुट्नको लागि उनले आग्रह गरे । उनले माओवादीले चाहेको र शुरु गरेको अभियान क्रमिक रुपमा साकार हुदै गएको भन्दै सोही अनुसार नागरिकलाई अधिकार दिलाउन र सरकारको प्रत्याभूति गराउनको लागि स्थानिय तहको संरचना तयार भएको भन्दै आगामी चुनावमा माओवादीलाई जिताउन सवै लाग्नुपर्नेमा जोड दिए । 

केहि राजनीतिक दलहरुले माओवादी विरुद्ध अफवाह फैलाएर र भ्रमपूर्ण आवश्वास छडेर भोट माग्न थालिसकेको भन्दै त्यस्ता कथित राष्ट्रबाद बोकेका दलहरुदेखि जनता आफै सचेत हुनुपर्ने र सो बारेमा जनतालाई अब  सिंगो पार्टी सोही अनुसार परिचालन हुनुपर्ने बताए । उनले आर्थिक समृद्धि र विकासको लागि माओवादीले देखेको सपना सकार भएको बताए । 

लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत टिलकराम पौडेल र संचालन कृष्ण प्रसाद शर्माले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा