पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति ग"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावलाई लक्षित गरी कार्कीनेटामा माओवादी केन्द्र गठन

२०७३, १६ चैत्र बुधबार ०५:३१

पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले फलेवास नगरपालिका १ (साविक कार्कीनेटा) मा वडा स्तरीय कार्य समिति गठन गरेको छ । 

मेघलाल विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय वडा कार्यसमिति गठन गरीएको हो । जसको उपाध्यक्षमा तीर्थ प्रसाद शर्मा, सचिवमा तिलकराम पौडेल, कोषाध्यक्षमा शिलमाया विक र सहसचिवमा कृष्ण प्रसाद शर्मा रहेका छन् । 

त्यस्तै वडा कार्यसमितिको सदस्यहरुमा क्रमश दुर्गालाल सुनार, लिलादेवी विक, जमुना विक, देवीलाल विक, अम्बी सुनार, मञ्जु सुनार रहेका छन् । त्यस्तै सिता पौडेल, जुना क्षेत्री, ससी सुनार, तिलकराम सुनार, गंगालाल सुनार, हर्क बहादुर सुनार, रामचन्द्र सुनार, सरिता विक,टिकाराम पाध्या, शालिग्राम शर्मा र धनप्रसाद शर्मा रहेका छन् ।

साविक गाविस स्तरीय भेलाले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी सो समिति गठन गरेको हो । सोही भेलाले पिताम्बर सुनारको संयोजत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा विश्वप्रसाद पाध्याय, दुर्गालाल सुनार, कल्पना विश्वकर्मा रहेका छन् ।

त्यस्तै सोही भेलाले लिलादेवी विकको नेतृत्वमा  ११ सदस्यीय अखिल महिला संघको गठन गरेको छ । त्यस्तै हर्क बहादुर सुनारको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको समेत गठन गरिएको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं फलेवास नगरपालिकाका इन्चार्ज प्रेम रानाको आथित्यतामा भएको कार्यक्रममा बोल्दै रानाले स्थानीय हतमा माओवादीलाई विजय गराउनको लागि लाग्नुपर्नेमा जोड दिए । उनले नेकपा माओवादीले नेपाली जनताको अधिकार स्थापित गर्नको लागि गरेको १० बर्षे जनयुद्ध त्यसपछिका आन्दोलनका उपलब्धी, शहिद, वेपत्ताका सपना साकार पार्ने बेला आएको भन्दै त्यसमा जुट्नको लागि उनले आग्रह गरे । उनले माओवादीले चाहेको र शुरु गरेको अभियान क्रमिक रुपमा साकार हुदै गएको भन्दै सोही अनुसार नागरिकलाई अधिकार दिलाउन र सरकारको प्रत्याभूति गराउनको लागि स्थानिय तहको संरचना तयार भएको भन्दै आगामी चुनावमा माओवादीलाई जिताउन सवै लाग्नुपर्नेमा जोड दिए । 

केहि राजनीतिक दलहरुले माओवादी विरुद्ध अफवाह फैलाएर र भ्रमपूर्ण आवश्वास छडेर भोट माग्न थालिसकेको भन्दै त्यस्ता कथित राष्ट्रबाद बोकेका दलहरुदेखि जनता आफै सचेत हुनुपर्ने र सो बारेमा जनतालाई अब  सिंगो पार्टी सोही अनुसार परिचालन हुनुपर्ने बताए । उनले आर्थिक समृद्धि र विकासको लागि माओवादीले देखेको सपना सकार भएको बताए । 

लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत टिलकराम पौडेल र संचालन कृष्ण प्रसाद शर्माले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ