२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

१६ चैत्र २०७३, बुधबार ०६:५२

चैत १६, धनुषा । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ ।

जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए । 

लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । 

हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ । 

फरार अभियुक्त पक्राउ 

यसैबीच, हत्याको आरोपमा फरार अभियुक्त धनुषाको मिथिला नगरपालिका वडा नं. ४ बस्ने कुमार सार्की भन्ने मोहनबहादुर नेपालीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

मिथिला नगरपालिका वडा नं. ७ जमुनिवास बस्ने बुद्धबहादुर मगरको हत्या गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको हो । गत पुस २५ गते भएको झडपको क्रममा गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएपछि नेपाली फरार रहेका थिए । 

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिगएको टोलीले फरार रहेका नेपालीलाई आइतबार राति पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ गरिएका नेपालीलाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाइएको जानकारी दिँदै निरीक्षक काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ