२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा जुर्मुराउन थाले दलहरु

२०७३, १६ चैत्र बुधबार ०७:३८

चैत १६, नुवाकोट । नेकपा (एमाले) विदुर नगरपालिका कमिटीले शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा र नेपाली काँग्रेसले शिवपुरीमै कार्यकर्ता भेटघाट गरिसकेको छ । 

अहिले नुवाकोटका विभिन्न राजनीतिक दल स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर आआफ्नो पार्टीको सङ्गठन विस्तार र कार्यकर्ता भेलामा सक्रिय भइरहेका छन् । झन्डै दुईदशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले गाउँगाउँमा राजनीतिक सरगर्मी निकै बढाएको छ । 

जिल्लामा अहिले नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफ्नो निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिइरहेका छन् । निर्वाचनलाई केन्द्रित गरेर नेकपा (एमाले)ले गाउँपालिका अनुसारको पदाधिकारी चयन गरी कार्यक्षेत्रमा खटाइसकेको छ भने नेकपा (माओवादी केन्द्र)ले पनि नयाँ संरचनाअनुसारको गाउँपालिका र नगरपालिकामा संयोजक र इन्चार्ज तोकिसकेको छ । 

नेकपा (एमाले)का जिल्ला सचिव बुद्धि प्रधानले निर्वाचन केन्द्रित अभियानअन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । “हामीले वडा र गाउँपालिकास्तरमा कार्यकर्ता भेटघाट, अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो – “वडास्तरदेखि गाउँपालिका÷नगरपालिकास्तरका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छौँ ।” 

नेपाली काँग्रेसले पुनःसंरचनाअनुसारको नयाँ कार्यसमिति चयन नगरे पनि कार्यकर्ता भेला र अन्तक्र्रिया भन्दै गतिविधिलाई तीव्रता दिएको जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभयो । उक्त दलले तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकाका कार्यकर्ता भेटघाट कार्यक्रम गरिसकेको छ । 

नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन केन्द्रित अभियानलाई गाउँगाउँमा सञ्चालन गरिरहेको छ । केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले नयाँ संरचनाअनुसारका सङ्गठन निर्माण र निर्वाचनलाई ध्यानमा राखी अभियान चलाइरहेको बताउनुभयो । 

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ८८ वटा वडा छ । राजनीतिक दलका कार्यकर्ताहरुमा वडा, गाउँ÷नगरपालिकाका कसलाई उम्मेदवार बनाउने भन्ने बहससमेत चल्न थालेको छ । 

लामो समयको चुनावी मौनता तोडिन लागेकाले अहिले पार्टीका कार्यकर्ता मात्र होइन, सर्वसाधारण मतदातामा समेत उत्साह थपिएको नेकपा (एमाले)सँग आबद्ध युवा राजकृष्ण राजभण्डारीले बताउनुभयो । “दलका कार्यकर्तालाई चुनावी रौनक लाग्ने नै भयो । त्योभन्दा बढी सामान्य मतदातामा उत्साह रहेको पाइएको छ”, उहाँले भन्नुभयो – “लामो समय निर्वाचन नभएको कारण हुनसक्छ । सर्वसाधारण बढी उत्साही देखिएका ।” 

निर्वाचनको उत्साह विशेष गरी युवामा देखिएको छ । अहिलेसम्म स्थानीय तहमा आफूले नेतृत्व छान्ने अवसर नपाएका युवाले यसपालिको निर्वाचनमा हुने सहभागितालाई महत्वपूर्ण रुपमा लिएको खानीगाउँका युवा क्षितिज थापामगरले बताउनुभयो । 

विसं २०५६ मा १७ वर्ष उमेर भएका कारण स्थानीय निकायको निर्वाचनमा मतदान गर्न नपाएका युवा अहिले ३६ वर्षको भइसकेका छन् । दुईदशकदेखिको निर्वाचनको रित्ततालाई अहिलेको निर्वाचनले भर्न लागेका कारण पनि युवामा बढी उत्साह थपिएको सूर्यमतिका धनबहादुर मिजारले बताउनुभयो । 

एक लाख ८९ हजार ५९० मतदाता रहेको नुवाकोटमा १२८ निर्वाचनस्थल र २५१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते