चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुठिदानले चलेको नवलपरासीको बालगृहमा आर्थिक समस्या, सरकारसंग हारगुहार

१६ चैत्र २०७३, बुधबार ०७:५२


चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । 

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न भएको बताइएको छ । विद्यापिठमा आर्थिक अभावकै कारण बालबालिकाहरुको गाँसबास, कपास र पठन पाठनमा समस्या देखिएको छ भने भौतिक अभावले कक्षा कोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीहरुले सन २०५५ सालमा जिल्लाको हाल बिनयी गाउँपालिका २ अर्थात साविक दुम्किीबास ९ स्थित दाउन्ने डाँडामा अहिंसावादी बाल गृहको निर्माण गरि नियमित रुपमा पठनपाठन गरिदै आइएको छ प्राईमरी तहको पठनपाठन पछिको माथिल्लो कक्षाको पठनपाठका लागि सोही ठाउँमा अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठ नामक विद्यालय पनि संचालन गरि संगसंगै नियमति रुपमा संचालन गर्दै आएका छन् ।

मुठिदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्ने उक्त गृह र विद्यापिठ विद्यालयमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । गृहमा मात्र नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब गरि बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १ सय २ जना बालबालिका बाल गृहमा होस्टल बस्दै आएका गृहकि संचालिका सानीमाया तामाङ्गले जानकारी दिनु भयो ।

बौद्ध शिक्षा अनिवार्य गरि कक्षा १० सम्म पठन पाठन गराउदै आएका यस विद्यापिठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीहरुलाई बाहिरको विद्यालयहरुमा अध्यापन गराउदै आएको छ । विद्यापिठलाई चाहिने १२ वटा कक्षाकोठामा ९ वटामात्र कक्षा कोठा छ । होस्टलाम बस्ने सम्पुर्ण बालबालिका विद्यार्थीहरुको खाना, कपडा लत्ता, बास, किताब, कलम कपी लगायतका सम्पुर्ण खर्च गृहले नै व्यहोर्दै आएको छ । पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारीहरु पनि छन् जसका तलब मात्र १ लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापिठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी श्रोतमा तलब खाने गरेका छन्  ।

ईसापुर्व तिर उक्त दाउन्ने डाँडामा भगवान गौतम बुद्धको आमा विवाह गर्नु भन्दा पहिला महामाया देवीको तपोभुमी अर्थात तपस्या गरको दाउन्ने अमर बनको मुल्य मान्यतामा रही आएको छ । सन २०३२ सालमा बौद्ध गुरुले उक्त ठाँउँलाई मर्यादित बनाउन विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा बौद्ध गुम्बा निर्माण गरि भक्तजनहरुको आगमन बढाउने काम गरे । गुम्बामा आउने भक्तजनहरुको मुठिदानले नै बौद्ध शिक्षा प्रदान गर्ने राखी सो बाल गृह र विद्यापिठको निर्माण गरिएको थियो ।

जिल्लामा ९ वटा बाल गृहछन् जसमध्ये ४ वटा मात्र बालगृह महिला तथा बालबालिका कार्यालयमा आवद्ध छन् । व्यक्ति तथा संस्थागत रुपमा संचालित ति बालगृहको अवस्था र पठनपाठनमा रहेको बालबालिकाहरुको अवस्थाको बारेमा महिला तथा बालकालिका कार्यालयले अनुगमन थालेको छ । 

गृहमा रहेका बालबालिकाहरुको पठन पाठन र बाँसगासको अवस्था कस्तो छ ? तिनीहरुलाई बालश्रमा लाइएछ कि ? बालअधिकार प्राप्ता गरेका छन् कि छैनन् भन्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, महिला तथा बालबालिका कार्यालयकि कार्यलय प्रमुख उर्वरा लुईटेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर काफले, लगायतको अनुगमन टोलीले ति गृहहरुको अनुगमन गरेको महिला तथा बालबालिका कार्यालयकि प्रमुख उर्वरा लुईटेलले जानकारी दिनु भयो ।  

अनुगमन गर्दा केहि बालगृहहरुमा बालबालिकाहरुको सरसफाई र सन्तुलित खानाहरु नभएको कारणले बालिबालिकाहरुमा कुपोषण र विरामी समेत देखिएका थिए । जिल्लाको कावासोती, हसौरा गैडाकोट र दाउन्नेमा गरि ४ वटा बालगृहमा करिब २ सय ५० जना बालबालिकाहरु आवद्ध छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य