चैत १६, रामेछाप । नेकपा एमाले रामेछाप स्थानीय तहकाे निर्वाचनमा अाफ्नाे पार्टीलाई बिजयी गराउने अभियानमा याेजनावद्ध ढङ्गले अगाडि बढेकाे छ । बैशाख ३१ गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा जनताकाे अभिमत प्राप्त गर्न वडा,गाउँ,नगर तथा जिल्ला कमिटीमा निरन्तर छलफल चलाउन थालेकाे हाे । एमालेले अहिले सबै गाउँपालिका तथा नगरपालिकामा कमिटी गठन गर्न लागि परेकाे र साेही क्रममा नेपाली काङ्ग्रेस, माअाेवादी केन्द्र लगाएतबाट पनि एमालेमा प्रवेशकाे जनलहर नै चलेकाे एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयाे ।
जिल्लाकाे समग्र विकास निर्माण,गाउँ तथा नगरपालिकाकाे समस्या समाधान गर्न एमाले सक्षम रहेकाले हरेक क्षेत्रमा अाफ्नाे बर्चश्व जमाउन सशक्त ढंगले नेता तथा कार्यकर्ताले चुनावि कार्यक्रममार्फत जान लागिएकाे उहाँले जानकारी दिनुभयाे । कार्कीका अनुसार साेमबार बसेकाे जिल्ला कमिटीकाे १७ अाैँ बैठकमा समेत पार्टीका विचार, सिद्धान्त र कार्ययाेजनालाई जनताकाे घरदैलाे सम्म कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिएकाे छ ।
एमालेले स्थानीय निर्वाचनलाई लक्षित गर्दै अभियानलाई प्रभावकारी बनाउन गाउँपालिका र नगरपालिकामा इन्चार्ज, संयोजक र सह–संयोजक समेत तोकिसकेकाे छ । बैठकले गाउँपालिका तथा नगरपालिकाकाे इञ्चार्जकाे नेतृत्व जिल्ला कमिटीका अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवलाई दिइएकाे प्रचार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयाे ।
उमाकुण्ड गाउँपालिका -
इन्चार्ज – शान्ति प्रसाद पौडेल
संयोजक – चित्रबहादुर कार्की
सह- संयोजक – शेरबहादुर सुनुवार
गोकुलगंगा गाउँपालिका
इन्चार्ज- शान्ति प्रसाद पौडेल
संयोजक- खड्ग सुनुवार
सह-संयोजक- इश्वरी घिमिरे
लिखु गाउँपालिका
इन्चार्ज- झम्क कडेँल
संयोजक- उद्धब कडरिया
सह-संयोजक- रत्न दर्जी
खाडाँदेवी गाउँपालिका
इन्चार्ज- प्रेमबुहादर तामाङ
संयोजक- ज्ञानकुमार श्रेष्ठ
सह-संयोजक- प्रेम खड्का
दोरम्बा गाउँपालिका
इन्चार्ज झम्क कडेँल
संयोजक- कुमार कडेँल
सह-संयोजक – कोमल ढुंगेल
सुनापति गाउँपालिका
इन्चार्ज- प्रेम तामाङ
संयोजक रामकृष्ण लामा
सह-संयोजक – प्रदिप योञ्जन
मन्थली नगरपालिका
इन्चार्ज -आनन्द श्रेष्ठ
संयोजक – कृष्णहरि अधिकारी
सह-संयोजक – लव श्रेष्ठ
रामेछाप नगरपालिका
इन्चार्ज – शान्ति प्रसाद पौडेल
संयोजक – युवराज पाख्रिन
सह-संयोजक – शान्ता सापकोटा