चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्ग"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० हजार मतपेटिका पुरानै,३० हजार नयाँ मतपेटिका चीनबाट

१७ चैत्र २०७३, बिहीबार ०१:५४

चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्गतको एआईटी कम्पनीले बुधबार चीनबाट आठ हजार मतपेटिका नेपाल भित्रिएको र अन्य आउने क्रममा रहेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

चीनबाट आउँदै गरेका मतपेटिका ८० लिटर क्षमताको प्लास्टिकबाट बनेको पारदर्शी छन् । स्थानीय तहको सबै स्थानमा मतपत्रकै माध्यमबाट निर्वाचन हुने भएकाले ९० हजार मतपेटिका आवश्यक छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आवश्यकमध्ये ६० हजार मतपेटिका ०७० सालको संविधानसभा निर्वाचनमा प्रयोग गरिएकै पुनः प्रयोगमा ल्याइने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘अपुग मतपेटिका सप्लाईका लागि आयोगले टेन्डर आह्वान गरेको थियो, शर्माले अन्नपूर्णसँग भने, ‘टेन्डरमा छनोट कम्पनीले तोकिएको समयभित्रै मतपेटिका उपलब्ध गराउने विश्वास दिलाएको छ ।

चीनबाट खरिद भएका ठूलो आकारका मतपेटिकालाई धेरै मतदाता भएको ठाउँमा प्रयोग गर्ने तयारी आयोगले गरेको छ । ‘ठूलो मतपत्र भयो भने ५ सय र सानो आकारको भयो भने त्योभन्दा बढी अट्ने क्षमताका मतपेटिका खरिद भएर चीनबाट आउँदै छन्,ु प्रवक्ता शर्माले भने ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार धेरै हुने भएकाले मतपत्रको आकार पनि ठूलो हुने भएपछि मतपेटिकाको संख्या बढ्न गएको आयोग प्रवक्ता शर्माले जानकारी दिए । मतदाता बढेकाले स्थानीय तह निर्वाचनमा लगभग १ हजार ५ सय मतदान केन्द्र थपिने भएका छन् ।

७० को निर्वाचनमा १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए । यसपटक २१ हजार केन्द्र पुग्ने आयोगको अनुमान छ । मतदाता प्रशोधनको काम जारी रहेकाले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता हुने आयोगले अनुमान छ । आयोगले चैत २० भित्र मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक अन्य ६७ प्रकारका सामग्री खरिदको काम पनि भइरहेको उल्लेख गरेको छ । ‘विभिन्न सप्लायर्स कम्पनीले विभिन्न सामग्री खरिद गरिरहेका छन्, प्रवक्ता शर्माले भने, ‘उनीहरूले आयोगलाई बुझाइसकेपछि मतपेटिकासहित सबै सामग्री जिल्लामा पठाउनेछौं । केही भौतिक सामग्री र निर्वाचन शिक्षाका सामग्री उपलब्ध गराइदिन विकास साझेदार संघसंस्थासँग पनि अनुरोध गरिएको आयोगले जानकारी दिएको छ।

हाल मतदाता शिक्षाको काम अघि बढेको भन्दै आयोगले नेपालमा बोलिने १७ मातृभाषामा मतदाता शिक्षा सामग्री तयार गर्ने काम भइरहेको उल्लेख गरेको छ । पहिलोपटक क्युआर कोडसहितको मतदाता परिचयपत्र छाप्ने काम भइरहेको पनि आयोगले बताएको छ ।  - अन्नपुर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट