३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिक्तेलमा मेयरको बाजी मार्ने सम्भावित उम्मेदवार यस्ता छन्

१७ चैत्र २०७३, बिहीबार ११:०८

चैत १७, खोटाङ । स्थानीय रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी रौनक बढेर गएको छ । 

सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो । हाटबजारदेखि चिया पसलसम्म अहिले उम्मेदवार को होला र कुन पार्टीले जित्छ भनेर चर्चा हुन थालेको छ । यसैबीच, राजनीतिक दलले भने सम्भावित उम्मेदवार छनोट कार्यलाई पनि अगाडि बढाउन थालेका छन् । 

अन्य जिल्लाका कतिपय ठाउँमा उम्मेदवार छनोट भइसके पनि दिक्तेलमा छनोट भइनसकेकाले अहिले उम्मेदवारको चर्चा चुलिएर गएको हो । कुनै पनि पार्टीले उम्मेदवार छनोट गरिनसकेकाले सबै पार्टीभित्र आकांक्षीको चर्चा ह्वात्तै बढेको छ । 

सरकारको नेतृत्व समेत गरिरहेको नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छनोटको कार्यविधि र मापदण्ड बनाइसके पनि दिक्तेलका लागि उम्मेदवारको टुङ्गो लगाएको छैन । माओवादीबाट दर्जन भन्दा बढी आकांक्षी देखा परेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धु्रव राईलगायत आकांक्षी देखिएका छन् । यीमध्ये दुर्गाजयन्ती, ध्रुव र जयप्रसादमध्ये एकको सम्भावना बढिरहेको बताइन्छ । 

यता, व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र पनि उत्तिकै आकांक्षी देखिएका छन् । मेयरमा काँग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तीर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको चर्चा छ । 

संसद्को दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवविक्रम राई, उदय कार्की, वीरबलकाजी राई, उपिनकुमार राई, भागवत घिमिरे, वीरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको नाम चर्चामा छ । 

राप्रपाभित्र पनि रुपाकोट मझुवागढीमा स्वयम् जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निशान राई, मोतीचन्द्र राई, सीताराम राई, रामचन्द्र भट्टराई, विजयकला राई लगायतको चर्चा हुने गरेको छ । यता, सङ्घीय समाजवादी फोरमभित्र नवीन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैनबहादुर कट्वालको चर्चा छ । 

खम्बूवान राष्ट्रिय मोर्चाभित्र रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राईको चर्चा छ । रुपाकोट मझुवागढीमा मुख्य रुपमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

अहिलेसम्म कसैले पनि उम्मेदवारको घोषणा नगरेकाले एउटा पार्टीले अर्को पार्टीमा कस्तो उम्मेदवार उठाउँदैछ भनेर अध्ययन गर्ने काम गरिरहेको पाइएको छ । उम्मेदवार छनोटकै विषयमा दलहरुभित्र आन्तरिक विवाद समेत चुलिदै गएको देखिन्छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट