2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा निर्वाचनप्रति महिला र युवाको जागरुकता

चैत १८ डडेल्धुरा । स्थानीय निकायको निर्वाचनको समय नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलसँगै महिला र युवा जागरुक भएका छन् ।

स्थानीय तहमा आफ्नो अधिकार सुनिश्चित भएपछि महिला निर्वाचनका लागि अग्रसर भएका हुन् । जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका तथा गाउँ र नगरका वडामा महिला तथा युवा निर्वाचन प्रचारप्रसारमा जुट्नुका साथै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत हाल्ने मौका आएको बताउने डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुमी भण्डारी युवालाई उसको क्षमताको आधारमा नेतृत्व दिइनुपर्ने धारणा राख्छिन् ।

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा चहलपहल बढ्दै गर्दा हरेक पार्टीका गतिविधिमा महिला तथा पहिलो पटक मतदानमा सहभागी हुन गइरहेका युवाको उत्सुकता र सहभागिता बढिरहेको महिला सङ्घ डडेल्धुराका पूर्वअध्यक्ष नारु ओझा बताउँछन् । 

महिलालाई दिएको आरक्षण र पहिलो पटक मतदानमा सरिक हुने अवसर पाएर युवा वर्ग हौसिएको छ। गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखमध्ये एक पद अनिवार्य महिलालाई दिनुपर्ने भएपछि हरेक राजनीतिक दलबाट महिला उम्मेदवारको खोजी हुन थालेको छ। डडेल्धुरामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत १३ राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता