२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नेपाल कम्युनिष्ट पार्टिले कार्यालयको बोर्ड च्यात्यो

२०७३, १९ चैत्र शनिबार १३:३०


कृष्ण कँडेल/चैत १९, बागलुङ । स्थानिय निर्वाचनको खारेजिको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टिले बागलुङका स्थानिय तहका कार्यालयमा तालाबन्दि गर्दै कतिपय कार्यालयको बोर्ड झिकेर फालेको र केहि च्यातेर छोडेको भेटिएको छ ।

ढोरपाटन नगरपालिका कार्यालयमा शनिबार विहान ताला लगाएको, कार्यालयको बोर्ड च्यातिएको र कार्यालयको च्यानल भित्र नेपाल कम्युनिष्ट पार्टिको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर राखेको भेटिएको प्रहरीले जनाएको छ । 

गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाको कार्यालयमा पनि कतै ताला लगाएको त कतै बोर्ड निकालेर फालेको र कतै झिकेर लगेको भेटिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।

कार्यालयको नजिकै ‘कथित स्थानिय चुनाब खारेज गरौँ’ भन्दै मतपत्र र मतपेटिका जलाएको तस्विर भएको नेपाल कम्युनिष्ट पार्टिको पर्चा भेटिएको प्रहरीको भनाई छ । 

ताला प्रहरीले तोडेको छ । निर्वाचन विरोधि गतिविधि गर्नेहरुको खोजि कार्य सुरु गरिएको ईप्रका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । 

गलकोट नगरपालिकाका निमित्त कार्यकारी अधिकृत माधब शर्माले आज बिहान कार्यालयको बोर्ड झिकेको र कार्यालय नजिकै पर्चा भेटिएको स्थानियले आफुलाई बताएको जानकारी दिए ।

घटनाको बारेमा सोध्दा पार्टिको कार्यक्रममा अहिले वुटवल रहेको बताउने नेकपाका एक जिल्ला स्तरिय नेताले नाम उल्लेख नगर्न आग्रह गर्दै पार्टिको निर्वाचन बहिष्कारको निति अनुसार नै आफ्ना कार्यकर्ताले यस्तो गतिबिधि गरेको स्विकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ