http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा"/>
२०८३, १८ जेष्ठ सोमबार
पर्बत - PBT

मोदी गाउँपालिकाको संयोजकमा पौडेल सर्वसहमत

२०७३, २० चैत्र आईतवार ०५:४८

http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । नेकपा माओवादी केन्दं्रले स्थानीय तहको चुनावलाई लक्षित गरी गाउ जागरण अभियानमा जुटेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका भएको पर्वतमा पुर्नसंरचना अनुसारनै नयाँ कमिटि गठन गर्दै अभियानमा जुटेको हो । मोदी गाउँपालिकामा भएको भेलाले केन्द्रिय सदस्य मनबहादुर पौडेलको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ ।

शनिबार भएको बृहत भेलाले उपाध्यक्षमा कृष्ण सुवेदी, सचिवमा गंगा तिमिल्सिना, कोषाध्यक्षमा नम्रता नेपाली र सहसचिवमा चिजकाजी गुरुङ सर्वसहमत चयन भएका छन् । माओवादी केन्द्रले साविक गाउँ विकास समितिका अध्यक्षहरु स्वतः गाउपालिका स्तरीय कमिटिको सदस्य हुने जनाएको छ । त्यस्तै केन्द्रिय एवं क्षेत्रीय सदस्य पनि सदस्य रहनेछन् ।

गाउँगाउँमा आफ्ना कार्यकर्तालाई एकिकृत गर्दै, नयाँ सदस्यहरु बनाउँदै माओवादी केन्द्र स्थानीय निकायको चुनावलाई लक्षित गरी अगाडि बढिरहेको नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीले बताए ।


हामी स्थानीय तहको चुनावलाई लक्षित गरी अभियानमा जुटेका हौं ।   पुराना गाउँ कमिटि खारेज गर्दै पुर्नसंरचना अनुसार नयाँ कमिटि गठन गर्दै चुनावी प्रचारप्रसारमा लागेका छौ चैत्र महिनाभित्र हामीले पुर्नसंंरचना अनुसार नयाँ कमिटि गठन गरी सक्नेछौ । अधिकारीले भने ।

नेकपा माओवादी केन्द्रले हिजो दश बर्षे जनयुद्धको तयारी गर्दा जन सरकारको माग गरेको थियो र अहिले सोही अनुसार संघीयताको माडालिटिमा जन सरकार गठन हुन लागेको बताए ।


नागरिकले केन्द्रबाट पाउने अधिकारलाई विकेन्द्रिकरण गरी सोही स्थानबाट प्राप्त गर्न सकनु भन्ने हिसाबले माओवादी केन्द्रले थालेको शसस्त्र जनयुद्धको उपलब्धी संस्थागत हुने बेला आएको उनले बताए । 

माओवादीको अबधारणा अनुसारनै देशमा संघीयता आएको छ नागरिकलाई अब नगर तथा गाउँपालिका स्तरको जनसरकारबाट सेवा सुविधा प्राप्त हुनेछ । अधिकारीले भने ।


नेत्र अधिकारीले जिल्लाका साविक गाविसमा भएका कमिटि भंग गर्दै पुर्नसंरचना अनुसार वडा कमिटि तथा नगर तथा गाउँ कमिटि गठन गर्ने अभियान चलिरहेको बताए । उनले माओवादीको नेतृत्वमा सरकार रहे अबको १० बर्षमा देशले विकासमा कायपलट हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ